ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीलाई जलवायु संकटसँग जोडेर वैज्ञानिक अध्ययन गर्न विज्ञको सुझाव


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ९ : ५५   बजे

काठमाडौं, भदौ १७ गते । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसबाट भएको क्षतिबारे जलवायु तथा वातावरण विज्ञहरूसँग छलफल गर्नुभएको छ। मन्त्रालयमा आयोजित छलफलमा विज्ञहरूले भोटेकोशी बाढीलाई जलवायु संकटसँग जोडेर वैज्ञानिक अध्ययन अघि बढाउन सुझाव दिएका छन्।

मन्त्री चौधरीले जलवायु परिवर्तन र वातावरणका विषयलाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन जानुअघि आयोजित छलफलमा उहाँले जलवायु न्यायलाई नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो।

मन्त्री चौधरीले जलवायु न्यायलाई अधिकारका रूपमा स्थापित गर्न नसकेसम्म जलवायु संकटबाट हुने क्षति र त्यसले निम्त्याउने समस्यालाई राष्ट्रिय प्राथमिकतामा राख्न कठिन हुने बताउनुभयो। उहाँले विगतमा जलवायु परिवर्तन र वातावरणका मुद्दा सरकारले पर्याप्त प्राथमिकतामा नराखेको भन्दै अब यी विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले नेपालले आफ्नो अधिकार र दाबीका रूपमा जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउँदै हिमाली क्षेत्रको एजेन्डाको नेतृत्व गर्नुपर्ने बताउनुभयो।

भदौ १० गते आएको भोटेकोशी बाढी र त्यसबाट भएको क्षतिलाई जलवायु संकटसँग जोडेर वैज्ञानिक अध्ययन, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा क्षति र नोक्सानीको यथार्थ मूल्यांकन गर्नुपर्ने विज्ञहरूको सुझाव छ। साथै, विपद्बाट भएको क्षतिपूर्ति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

विज्ञहरूले हिमपात तथा बरफ पग्लिने क्रम, चट्टानमा देखिएका चिरा र हिमपहिरोका सम्भावित प्रभावबारे सूक्ष्म अध्ययन गर्न हिमनदी विज्ञ तथा वैज्ञानिकको ज्ञान र अनुसन्धान उपयोग गर्नुपर्ने बताएका छन्। तापक्रम वृद्धि र विश्वव्यापी जलवायु परिवर्तनका कारण यस्तो जटिल तथा बहुआयामिक प्रभाव देखिएको हुनसक्ने भन्दै घटनाको वैज्ञानिक अध्ययन र जलवायुजन्य कारणको पहिचान तत्काल अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको क्षतिलाई आगामी कोप–३१ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट प्राथमिकताका साथ प्रस्तुत गर्न पनि विज्ञहरूले सुझाव दिएका छन्। त्यसका लागि विशेष क्षति तथा नोक्सानी कोष स्थापना, पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग परिचालन र कोप–३१ का लागि नेपालको स्पष्ट राष्ट्रिय धारणा तयार गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

भोटेकोशी बाढी : चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

भोटेकोशी बाढी : चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन

भोटेकोसी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

गुहेंली सञ्चार सहकारीको २०औँ साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड २४ लाख

इरानका सैन्य संरचनामा अमेरिकाको भीषण हवाई हमला, जवाफमा इरानद्वारा मिसाइल र ड्रोन प्रहार

भोटेकोशी बाढीको विश्वव्यापी कभरेज, ग्राउन्ड जिरोमै पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu