ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस : विश्वभर ४८ लाख ९० हजार संक्रमित, ३ लाख २० हजार भन्दा बढीको मृत्यु (कहाँ कति प्रभावित सूचिसहित)


एबीसी न्यूज
६ जेष्ठ २०७७, मंगलबार   ७ : १०   बजे

काठमाडौं, ६ जेठ । साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २० हजार १२५जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४८ लाख ९० हजार ७६५ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १९ लाख ७ हजार ३२३ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३ हजार ३१८ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

२६ लाख ६२ हजार ९०७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७५४ जनाको अवस्था गम्भीर छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६३ हजार ६१९ जनाको मृत्यु भएको छ ।

१७ लाख ९७ हजार ५२८ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ६०२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४ हजार ७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १० हजार ४० पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार १११ जनाको मृत्यु भएको छ । ८ लाख १८ हजार ९४७ जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ५४ जनाको मृत्यु भएको छ । ४ लाख ५९ हजार ९७२ जना संक्रमित भएका छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ८४९ जनाको ज्यान गएको छ भने ९० हजार ७४ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२० जनाको मृत्यु भएको छ । ८ हजार ६६३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९१ हजार ९१५ जनाको मृत्यु भएको छ । १५ लाख ४९ हजार ३३४ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन् भने २ हजार ७२२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu