ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय मिडियाले लेखे, ‘कालापानीबारे प्रधानमन्त्री ओलीले देखाए रवाफ’


एबीसी न्यूज
६ जेष्ठ २०७७, मंगलबार   ६ : ३८   बजे

काठमाडौं, ६ जेठ । मन्त्रिपरिषदले मंगलबार नेपालको नयाँ नक्सालाई स्वीकृति दिएसँगै देशभित्र राष्ट्रवादको ठूलै तरंग उब्जेको छ । देशका मिडियाहरुमा महत्वका साथ समाचार प्रकाशन–प्रशारण भइरहेका छन् ।

एउटा देशले आफ्नो नक्सा परिवर्तन गर्नु भनेको अन्तर्राष्ट्रिय चासोको विषय पनि हो । त्यसैले यो विषयले अन्तर्राष्ट्रिय मिडियाहरुको पनि ध्यान तान्ने अपेक्षा थियो । तर, भारतबाहेक विश्वका प्रमुख मिडियाले यो समाचारलाई खासै स्थान दिएका छैनन् ।

सीएनएन, बीबीसी, अलजजिराजस्ता विश्वभर हेरिने सञ्चार माध्यममा नेपालको नयाँ नक्साको खासै स्थान दिएका छैनन् ।

आफ्नै देश जोडिएको विषय भएकाले भारतीय सञ्चार माध्यममा चाहिँ थोरबहुत समाचार आइरहेका छन् । ती समाचारमा तथ्यपरक सूचनाभन्दा आक्रोश बढी देखिन्छ । यस विषयमा भारतको सरकार अहिलेसम्म मौन छ र भारतीय मिडियाले पनि सरकारको दृष्टिकोण प्रस्तुत गर्न सकेका छैनन् ।

जिन्यूजले नेपालको मन्त्रीपरिषदले विवादास्पद नक्सा स्वीकृत गरेको र भारतीय भूभागलाई आफ्नो दावी गरेको भन्दै समाचार प्रकाशित गरेको छ ।

नयाँ दिल्लीको डेटलाइनमा लेखिएको समाचारअनुसार नेपाल सरकारको यो कदमलाई नयाँ दिल्लीले चीनको बढ्दो भूमिकाको नतिजाका रुपमा हेरेको छ ।

टाइम्स अफ इन्डियामा प्रकाशित समाचारमा चाहिँ लिपुलेकलाई ‘विवादित भूमि’ भनिएको छ । समाचारमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य गणेश साहलाई उद्धृत गरिएको छ । उनले सरकारको कदमले कोरोनाको लडाईंका बीच दुई देशबीच तनाव बढाउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

शाहले भनेका छन्, ‘नेपाल सरकारले यो विषयलाई राजनीतिक र कूटनीतिक माध्यमबाट हल गर्नुपर्छ ।’

टाइम्स अफ इन्डियाले नेपालद्वारा कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गरेको समाचार पनि दिएको छ ।

बीबीसीको हिन्दी संस्करणमा चाहिँ नेपाल–भारत सीमा विवादबारे काठमाडौंकै डेटलाइनबाट लगातार समाचार प्रकाशन भइरहेको छ । मंगलबार प्रकाशित समाचारमा मन्त्रीपरिषदको निर्णयलाई ‘ल्यान्डमार्क फैसला’ को संज्ञा दिएको छ । यसअघि ‘के भारतसँग नेपाल सीमा विवादबारे कुरा गर्न चाहँदैन ?’ शीर्षकमा बीबीसी हिन्दीले एक आलेख प्रकाशित गरेको थियो ।

‘हिन्दूस्तान टाइम्स’, ‘द वायर’ लगायतले नेपालको मन्त्रिपरिषदले नयाँ नक्सा पारित गरेको समाचारलाई सामान्यरुपमा कभरेल गरेका छन् । तर, कुनै पनि भारतीय मिडियाले यस विषयमा भारतीय पक्षको भनाइ समावेश गरेका छैनन् ।

भारतका मिडियाहरुले कुनै पनि अन्तर्राष्ट्रिय मुद्दामा सरकारकै लाइन बोक्ने गर्छन् । सरकार जति ‘राष्ट्रवादी’ छ, त्यो भन्दा उग्रराष्ट्रवादी बन्न खोज्छन् त्यहाँका मिडिया । खास गरी पास्कितान र चीनसँग सम्वन्धित समाचारहरु प्रशासन गर्दा भारतीय मिडियाले संयम र सन्तुलन दुवै गुमाउने गरेको पाइन्छ ।

सामान्यतया नेपालसँग सम्वन्धित समाचार भारतीय मिडियाले उति महत्व दिँदैनन् । जस्तो कि, नेपाल र भारतबीच हुने उच्चस्तरीय भ्रमणका समाचारहरु नेपाली मिडियामा उच्च कभरेज पाइरहँदा भारतीय मिडिया खोज्नुपर्छ । एकाध भारतीय सञ्चारमाध्यमले मात्रै नेपालमा आफ्ना स्थाई संवाददाता राखेका छन् ।

नेपालमा दरबार हत्याकाण्ड, भुकम्पजस्ता ठूला विप्लवहरु हुँदा चाहिँ नेपालमा भारतीय मिडियाकर्मी नेपालमा छ्याप्छ्याप्ती भएका थिए । तर, उनीहरुले समाचारभन्दा भ्रम बढी फैलाएको भन्दै आलोचना भएको थियो । अहिलेको विवादमा भारत सरकारले बोल्न बाँकी रहेकाले त्यहाँका मिडिया अलमलमा देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu