ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना अपडेट– विश्वभर ५० लाख ८४ हजार भन्दा बढी संक्रमित, ३ लाख २९ हजार ७ सय १९ जनाको मृत्यु


एबीसी न्यूज
८ जेष्ठ २०७७, बिहिबार   ८ : ०७   बजे

काठमाडौं, ८ जेठ । विश्वभर साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३ लाख २९ हजार ७२९ जनाको मृत्यु भएको छ ।

विश्वका २१५ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५० लाख ८४ हजार ९३२ जना संक्रमित भएका छन् ।

२० लाख २१ हजार ८१३ जना उपचारपछि निको भएका छन् । बितेको २४ घण्टामा ४ हजार ६२६ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार ९५८ जनामा संक्रमण पुष्टि भएको छ । २७ लाख ३३ हजार ३०० जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ७९८ जनाको अवस्था गम्भीर छ ।

विहिबार यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६५ हजार ७९८ जनाको मृत्यु भएको छ ।

१८ लाख ३० हजार ६६७ जना संक्रमित भएकोमा ८ लाख १२ हजार ४८७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७ हजार ७९६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ६१ हजार ३०७ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार ८५० जनाको मृत्यु भएको छ । ८ लाख ६३ हजार ४४० जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २६ हजार ५९० जनाको मृत्यु भएको छ । ५ लाख १८ हजार ३१० जना संक्रमित भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार १० जनाको ज्यान गएको छ भने ९६ हजार ७६४ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६८६ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९४ हजार ९१८ जनाको मृत्यु भएको छ । १५ लाख ९१ हजार २५२ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख ८ हजार ७०५ जना संक्रमित भएका छन् भने २ हजार ९७२ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu