ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्सनलको शानदार जित, ४ मिनेटमा ३ गोल


admin
१४ मंसिर २०७४, बिहिबार   १२ : ३१   बजे

काठमाडौं, १४ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले हडल्सफिल्डलाई ५–० ले हराएर महत्वपूर्ण तीन अंक जोडेको हो । आर्सनलको जितमा ओलिभर जिरउडले दुई तथा एलेक्जेन्डर लेकाजेट, एलेक्स सान्चेज र मेसुट ओजिलले एक एक गोल गरे । तेस्रो मिनेटमा लाकाजेटले गरेको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको आर्सनलले दोस्रो हाफमा थप चार गोल ग¥यो । ६८ औं मिनेटमा जिरउडले व्यक्तिगत पहिलो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि सान्चेज तथा ७२ औं मिनेटमा ओजिलले गोल गर्दै आर्सनललाई ४–० को अग्रता दिलाए । ६८ देखि ७२ औं गरी चार मिनेट भित्रमा तीन गोल भयो । ८७ औं मिनेटमा जिरउडले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलले ५–० को जित निश्चित गरेको हो । जितपछि चौथो स्थानको आर्सनलको १४ खेलबाट २८ अंक भएको छ । अर्को खेलमा स्वान्सी सिटीलाई १–० ले हराएको तेस्रो स्थानको चेल्सीको १४ खेलबाट २९ अंक भएको छ । चेल्सीको जितमा ५५ औं मिनेटमा एन्टोनियो रुडिगरले गरेको गोल नै निर्णायक बन्यो । यस्तै स्टोक सिटीलाई ३–० ले हराएको पाँचौं स्थानको लिभरपुलको १४ खेलबाट २६ अंक भएको छ । लिभरपुलको जितमा मोहमद सालहले दुई तथा साडिओ मानेले एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group