ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थप ३६ जना नयाँ कोरोना संक्रमित :संक्रमितको संख्या ५ सय ८४ पुग्यो

एबीसी न्यूज
१० जेष्ठ २०७७, शनिबार   ६ : ०१   बजे

काठमाडौं, १० जेठ । शनिबार बाँकेको नरैनापुरमा २७ जनासहित थप ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका २७ जना र बैतडीका ४ जनासहित ३६ जना नयाँ संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । आरडिटी परीक्षण पोजेटिभ आएपछि उनीहरु सेती अस्पतालमा उपचाररत थिए । २० वर्षका २ जना, २२ र २७ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । यसैगरी कोसी अस्पतालमा उपचाररत झापा गाउँपालिका झापाका ३३ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । प्रवक्ता देवकोटाले सुर्खेतमा २ पुरुष र १ महिला गरी ३ जना र बर्दीयामा १९ वर्षिय पुरुषमा संक्रणम देखिएको बताउनुभयो । यो सँगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

शनिबारसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ९४ वटा नमुना परीक्षण पीसीआर विधिबाट भएका छन् । आरडिटी विधिबाट आरडिटी ४ हजार १ सय १९ वटा परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा १० हजार १ सय ६९, प्रदेश नम्बर २ मा ६ हजार ३ सय ८ र बागमती २१ हजार ७ सय १२ जनाको आरडिटी परीक्षण गरिएको छ । यसैगरी गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा ९ हजार ३९ र सुदूरपश्चिममा १९ हजार ८ सय १७ गरी अहिलेसम्म ८६ हजार २ सय ३५ वटा आरडिटी परीक्षण भएका छन् ।

अहिले प्रदेश नम्बर १ मा १ हजार ४ सय ६१, प्रदेश नम्बर २ मा ६ हजार ९ सय १०, बागमती प्रदेशमा ५ सय ३५ र गण्डकी प्रदेशमा ७ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा १७ हजार १ सय ३०, कर्णाली प्रदेशमा १ हजार ६ सय ७० र सुदूरपश्चिममा ४ हजार १ सय २ गरी देशभरी ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् ।

शनिबार बाँकेको नरैनापुरमा २७ जनासहित थप ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका २७ जना र बैतडीका ४ जनासहित ३६ जना नयाँ संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

आरडिटी परीक्षण पोजेटिभ आएपछि उनीहरु सेती अस्पतालमा उपचाररत थिए । २० वर्षका २ जना, २२ र २७ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । यसैगरी कोसी अस्पतालमा उपचाररत झापा गाउँपालिका झापाका ३३ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । प्रवक्ता देवकोटाले सुर्खेतमा २ पुरुष र १ महिला गरी ३ जना र बर्दीयामा १९ वर्षिय पुरुषमा संक्रणम देखिएको बताउनुभयो । यो सँगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

शनिबारसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ९४ वटा नमुना परीक्षण पीसीआर विधिबाट भएका छन् । आरडिटी विधिबाट आरडिटी ४ हजार १ सय १९ वटा परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा १० हजार १ सय ६९, प्रदेश नम्बर २ मा ६ हजार ३ सय ८ र बागमती २१ हजार ७ सय १२ जनाको आरडिटी परीक्षण गरिएको छ । यसैगरी गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा ९ हजार ३९ र सुदूरपश्चिममा १९ हजार ८ सय १७ गरी अहिलेसम्म ८६ हजार २ सय ३५ वटा आरडिटी परीक्षण भएका छन् ।

अहिले प्रदेश नम्बर १ मा १ हजार ४ सय ६१, प्रदेश नम्बर २ मा ६ हजार ९ सय १०, बागमती प्रदेशमा ५ सय ३५ र गण्डकी प्रदेशमा ७ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा १७ हजार १ सय ३०, कर्णाली प्रदेशमा १ हजार ६ सय ७० र सुदूरपश्चिममा ४ हजार १ सय २ गरी देशभरी ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu