चितवन,१४ मंसिर । बिहीबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना र इच्छा रहेको समेत बताएका छन् । उनले आफूहरुले समाजवादको लक्ष्यमा पुग्न चाहेको तर त्यसका लागि देशमा विकास निर्माण र आर्थिक वृद्धि हुन जरुरी रहेको बताए ।
प्रचण्डले अब बन्ने वाम गठबन्धनको सरकारले विकास निर्माण र आर्थिक वृद्धि गर्ने जिकिर गरे । वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने भन्दै प्रचण्डले आफूहरुले लोकतन्त्र मास्न नभई थप सुदृढ गर्न खोजेको बताए ।
प्रतिक्रिया दिनुहोस्