ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुमा नर्ससहित ११ घर फिर्ता


एबीसी न्यूज
१२ जेष्ठ २०७७, सोमबार   २ : २१   बजे


काठमाडौं, १२ जेठ ।    कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको सङ्ख्या बढेको छ ।

गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि नर्सलाई अस्पतालको आइसोलेशनमा राखिएको थियो । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो । नर्स सङ्क्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पिसिआर जाँच गर्दा नेगेटिभ आएको थियो ।

नर्सको क्रमशः दोस्रो र तेस्रो पटक यही जेठ १ र ४ गते दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमै पहिलो स्वास्थ्यकर्मी सङ्क्रमित भएर १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा किशोर बञ्जाडेले बताउनुभयो ।

उहाँलाई थप एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ । शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीनतीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो । कपिलवस्तुमा सोमबारसम्म ८३ कोरोना सङ््क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu