ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा विवादपछि दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी, नेपाली ह्याकर्सद्धारा सात करोड भारतिय आधार कार्ड ह्याक


एबीसी न्यूज
१२ जेष्ठ २०७७, सोमबार   २ : ४२   बजे

काठमाडौं, १२ जेठ । कालापानी र लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक बनाएपछि नेपालमा तीब्र आक्रोश छ । ती क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यममा पनि यो विषयले प्राथमिकता पाएको छ । भारतको रिपब्लिक टीभीका अर्नव ग्वोस्वामीले ‘द डिबेट’ कार्यक्रममा नेपाललाई होच्याउने शब्दको प्रयोग गरेर पाठ सिकाउन खोजेको भन्दै नेपालमा आलोचना भइरहेको छ ।
यो प्रकरण चर्चामा आएपछि भारतीय सञ्चारमाध्यमविरुद्ध पनि सर्वसाधारण खनिएका छन् । सीमित रुपमै रहेका नेपाली ह्याकरहरुले पनि भारतीय पक्षमाथि आक्रमण गर्न थालेका छन् । नेपाली ह्याकर सतनले भारतीय न्यूज च्यानल एबीपी न्यूजको ‘एपीआई की’ सार्वजनिक गरिदिएका छन् ।

एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई) की यस्तो कोड हो, जसको प्रयोगबाट सम्बन्धित पक्षको प्रणालीसम्म पहुँच बनाउन सकिन्छ । एक एप्लिकेशन वा सिस्टमबाट अर्कोमा ‘संवाद’ गर्नलाई यो कोडको प्रयोग हुन्छ । जस्तै, नेपाली ह्याकरले सार्वजनिक गरेको एपीआई कोडमार्फत उसले फेसबुक लाइभ गरिदिन सक्छ । यद्यपि, यो कोडको प्रकृतिमा भर पर्ने कुरा हो ।

नेपाली ह्याकहरुको समुहद्धारा भारतीय सात करोड आधार कार्डको ह्याक गरेका छन् । नेपाली ह्याकर समुहका अनुसार भारतिय ह्याकरहरुले यस अघि नेपालका सरकारी केहि साइटहरु ह्याक गरेको र सो को बदलामा आफुहरुले भारतिय नागरिकहरुको विवरण आधार कार्ड ह्याक गरेको जनाएको छ ।

ह्याकर समुह सतनले जनाए अनुसार २ जिबी बराबरको डाटा आधारकार्ड ह्याक गरेको जनाएको छ । उनिहरुले सार्बजनिक गरेका फाईलहरु मध्य २ हजार १ सय ४५ जनाको व्यक्तिगत विवरण सहित आधारकार्डको बृस्ति विवरण रहेको छ ।

नेपाली ह्याकर समुहले यस किसिमको कार्य सर्बप्रथम भारतको तर्फबाट सुरु भएको र जसको प्रतिउत्तर स्वरुपमात्र आफुहरुले यस किसिमको काम गरेको भनेका छन् । यस किसिमको कार्यले दुवै देशको हित नहुने भएकोले नेपाली ह्याकर समुहले यस किसिमको कार्य कहिल्यै पनि नचाहेको र यसकिसिमको कार्य गर्नको लागि भारतिय ह्याकरमा निर्भार रहने पनि चेतावनि दिईएको छ । पुन यस किसिमको घटना दोहोर्याएको खण्डमा आफुहरु चुप नरहने पनि चेतावनि नेपालि ह्याकरहरुको रहेको छ ।

चेतावनि दिने क्रममा थप एक गलत चाल, र तपाईँ सिंहको मुस्कुराएको अनुहारको परिणाम थाहा छ । सुरक्षित रहनुहोस् र अरुलाई आक्रमण गर्नुहोस भनिको छ ।

भारतको युनिफाईड राष्ट्रिय परिचय पत्रलाई आधार कार्ड भनिन्छ । भारतिय नागरिकको लागि यस पहिचान कार्डमार्फत पूर्ण व्यक्तिगत जानकारी प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu