काठमाडौं, १२ जेठ। कोरोना पोजेटिभ एक युवाको पाटन अस्पतालमा हड्डीको अपरेशन सम्पन्न भएको छ। सप्तरीका ३२ वर्षे युवाको आज अपरेशन सम्पन्न भएको पाटन अस्पताल कोरोना डेडिकेटेड संयोजक डा विमल पाण्डेले जानकारी दिनुभयो । ती युवाको खुट्टा भाँचिएको थियो।
‘सुरुमा हामीले यहाँ ठाउँ नभएर काठमाडौं मेडिकल अस्पताल पठाएका थियौं’ डा पाण्डेले भन्नुभयो , ‘उनको स्वास्थ्य अवस्था सामान्य छ। नेपालमा कोरोना पोजेटिभ बिरामीको सर्जरी भएको संभवत यो पहिलो घटना हो।’ सर्जरीमा डा. सुमन श्रेष्ठ र डा. तोया भट्ट रहेको पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्