ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभरकोरोनबाट ५५ लाख ८६ हजार बढी संक्रमित : ३ लाख ४७ हजार ८ सय ८२ जनाको मृत्यु


एबीसी न्यूज
१३ जेष्ठ २०७७, मंगलबार   ७ : ०८   बजे

काठमाडौं, १३ जेठ  ।   विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८६ हजार ७१५ मा देखिसकेको छ । संक्रमित मध्ये २३ लाख ६५ हजार ४ सय ६७ निको भइसकेका छन् । हाल २८ लाख ७३ हजार ७६४ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

यसमध्ये ५३ हजार १६७ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनको वुहानबाट जनवरीको सुरुमा फैलिएको कोरोना भाइरस अहिले विश्वमा २१५ देशमा पुगिसकेको छ । त्यस्तै, ब्राजिलमा ३ लाख ७६ हजार ८ सय ९८, रुसमा ३ लाख ५३ हजार ४ सय २७, बेलायतमा २ लाख ६२ हजार ५ सय ४७, स्पेनमा २ लाख ३५ हजार ४ सय जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ४७ हजार ८ सय ८२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९८ हजार २ सय १८ को मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ३६ हजार ९ सय ९६, इटालीमा ३२ हजार ८ सय ७७, फ्रान्समा २८ हजार ४ सय ६० तथा स्पेनमा २६ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २३ लाख ६५ हजार ४६७ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा अमेरिकामा सर्वाधिक ३ लाख ७९ हजार १ सय ५७ संक्रमणमुक्त भएका छन्।

त्यस्तै, जर्मनीमा १ लाख ६१ हजार १ सय ९९, ब्राजिलमा १ लाख ५३ हजार ८ सय ३३, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ४१ हजार ९ सय ८१ संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार एकैदिन ७९ जनामा संक्रमण पुष्टि भएको थियो। अर्घाखाँचीमा पनि संक्रमण देखिएपछि नेपालमा संक्रमण देखिएको जिल्लाको संख्या ४३ पुगेको छ। संक्रमितमध्ये १ सय ५५ जना अहिले संक्रमणमुक्त भएका छन्। त्यस्तै, ४ जनाको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group