ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा सक्रिय बन्दै युवा


एबीसी न्यूज
१३ जेष्ठ २०७७, मंगलबार   ९ : ०७   बजे


तानसेन, १३ जेठ । बन्दाबन्दीका समयमा पाल्पाका युवा कृषिमा सक्रिय बनेका छन् । यहाँका विभिन्न स्थानमा तरकारी, फलफूल खेती तथा पशुपक्षी पालन गर्ने कृषकको संख्या बढेको छ ।

जिल्लामा व्यावसायिक फार्म दर्ता गर्ने तथा आफूखशी तरकारी खेती गरेर गाउँमै बिक्री हुने भएपछि यसप्रति आकर्षण बढेको हो । मौरी, कुखुरा, बङ्गुर, गाई, भैंसीपालन तथा मौसमी –बेमौसमी तरकारी खेतीमा युवाको आकर्षण देख्न सकिन्छ ।

तानसेन नगरपालिका–१४ अर्गलीका कृषक निर्मल राना बन्दाबन्दीका समय खेतबारीमै भेटिनुहुन्छ । करीब २५ रोपनी जग्गामा विभिन्न तरकारी खेती गर्नुभएका राना वर्षमा करीब रु २० लाख आम्दानी गर्नुहुन्छ । जिल्लामै उदाहरणीय कृषकका रुपमा परिचित रानाले २०७४ सालमा कृषि फार्म दर्ता गरेर खेती गर्दै आउनुभएको हो । बारीमा उत्पादित करेला, टमाटर, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीका लागि बजारको समस्या नभएको रानाको भनाइ छ ।

रामपुर नगरपालिका –८ एक्लेटारमा नागिनी एग्रो एण्ड रिसर्च सेन्टर सञ्चालन गर्नुभएका नरनारायण अर्यालको गोठमा अहिले ५७ भैंँसी छन् । गत वर्षदेखि व्यवसाय थाल्नुभएका अर्यालले यसअघि दैनिक २४० लिटरसम्म दूध बिक्री गरे पनि अहिले भने दाना र घाँसको माग भएजति पु¥याउन नसक्दा दैनिक चार लिटर दूध दिने भैंसीले जम्मा दुई लिटर दिने गरे पनि सन्तुष्ट नै हुनुहुन्छ । करीब रु एक करोड ४० लाख लगानी गरेर भैंँसी पाल्नुभएका अर्याल राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

जिल्लामा केही स्थानीय तहले युवालाई कृषिमा आकर्षण गर्न विभिन्न योजना अघि सारेका छन् । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहेका बेला घरमै खाली समय बिताउनुभन्दा खेतबारीमा काम गर्दा समय बिताउन सहज हुने र आम्दानी पनि हुने कृषक बताउँछन् । निस्दी गाउँपालिकाबाट प्लाष्टिक टनेल निर्माण गर्न अनुदान पाएसँगै ६ हाइटेक टनेलमा लालबहादुर खन्गाहाले पनि टमाटर खेती गर्नुभएको छ । विदेशबाट फर्केर गाउँमै तरकारी खेती थाल्नुभएका खन्गाहाको यस वर्ष तरकारी बेचेरै करीब  पाँच लाख कमाउने लक्ष्य छ ।
बन्दाबन्दीमा तरकारी बिक्री गर्न समस्या भएपछि स्थानीय तहले गाउँगाउँमा कृषि एम्बुलेन्स सञ्चालन गरेका छन् जसले तरकारी बिक्री गर्न कृषकलाई सहज भएको छ । रम्भा र माथागढी गाउँपालिका तथा रामपुर नगरपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले गाउँका तरकारी गाउँमै बिक्री गरिरहेका छन् । यसरी बन्दाबन्दीमा पनि गाउँमा उत्पादित प्राङ्गारिक तरकारी खान पाउँदा उपभोक्ता पनि खुशी छन् । यसअघि तानसेन नगरपालिका, बगनासकाली गाउँपालिकालगायतले पनि कृषि एम्बुलेन्स सेवा दिएका थिए ।

स्थानीय सरकारको बाँझो जमीनमा खेती गर्नेलाई अनुदान दिने कार्यक्रमले पनि कृषकलाई उत्साहित बनाएको छ । रामपुर नगरपालिकाले बाँझो जग्गामा मकै छर्नेलाई प्रतिरोपनी रु तीन हजार र मौसमी तरकारी खेती गर्नेलाई रु पाँच हजार अनुदान दिने भएको छ । जिल्लाका रैनादेवी छहरा तथा माथागढि गाउँपालिकाले पनि बाँझो जमीनमा खेती गर्नेलाई अनुदान दिने भएका छन् ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बाँझो जमीनमा अन्न वा तरकारी खेती गर्नेलाई रु तीन हजार तथा कागती, सुन्तलालगायत फलफूल खेती गर्ने कृषकलाई रु दुई हजार दिइने बताउनुभयो । विदेशबाट आउने स्थानीय तहका नागरिकलाई लक्षित कृषि अनुदान, जमीन र माटोको प्रकृति हेरेर पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाले पनि कृषकलाई समेटेको छ । पूर्वखोला गाउँपालिकाले केही क्षेत्रलाई कागती, सुन्तला, अलैँची र कफीको पकेट क्षेत्र, निस्दीलाई चिउरी, दालचिनी, टिमुर र अदुवा तथा रामपुरलाई बेसार, केरा र आलुखेतीका लागि मुख्य क्षेत्र बनाउने योजना छ । जिल्लाका अन्य तहले पनि कृषिको विकासमा दीर्घकालीन योजना तयार गरेका छन् ।
पछिल्लो समय सामूहिक खती गरेर फाइदा उठाउने युवा पनि धेरै छन् ।

करीब १० समूहले सामूहिक आलु खेती गरेको र बिक्रीका लागि वडाले व्यवस्थापन गरिदिएपछि कृषकलाई सहज भएको रामपुर– ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेको भनाइ छ । नदी किनारा आयआर्जन समूह रामपुरले यस वर्ष करीब नौ रोपनी जग्गामा सामूहिक आलु उत्पादन गरेर करीब रु ७० हजार आम्दानी गरेको छ ।
पाल्पा, पूर्वखोला गाउँपालिकाका २८ घरधुरीले पनि सामूहिक रुपमा खेती गरेका छन् । पूर्वखोला, हेक्लाङका कृषक सामूहिक खेतीबाट वर्षभरि लाखौँ आम्दानी लिन सकिने हुँदा निकै उत्साहित भएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu