रौतहटमा २२ जना कोरोना संक्रमित थपिएका छन्। २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो ।
संक्रमित सबै जना सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए। उनीहरू सबै भारतबाट आएका हुन्। संक्रमितहरूलाई कुन अस्पताल लैजानेबारे छलफल चलिरहेको घिमिरले जानकारी दिनुभयो ।
योसँगै नेपालमा संक्रमितको संख्या ७ सय २८ पुगेको छ। आजै बिहान मात्र सुर्खेतका १२ जना र बारामा पनि ५ जनामा संक्रमण पुष्टि भएको हो। बारामा देखिएका संक्रमितहरूमा दुई जना नेपाली सेनाका हुन्। उनीहरू क्वारेन्टिनको सुरक्षार्थमा खटिएका थिए।
प्रतिक्रिया दिनुहोस्