विराटनगर, १४ जेठ । विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमित निको भएका छन् । कोरोना निको हुने चारै जना उदयपुर भुल्केका रहेका कोसी अस्पतालले जनाएको छ । कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो उहाका कोरोना निको हुनेमा ३ महिला र १ पुरुष रहेका छन् योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० पुगेको छ । यस अघि २६ जना कोरोना निको भएर घर फर्किका थिए ।
प्रतिक्रिया दिनुहोस्