काठमाडौं, १४ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार संसद्मा बजेट भाषण गर्ने भएका छन्। प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा भोलि बिहीबार दिउँसो ४ बजे बजेट भाषण गर्ने जानकारी गराउनु भएको हो । आगामी आर्थिक वर्षको बजेट भाषण सुरु हुनुभन्दा अगावै सबै सांसदहरूलाई आफ्नो स्थानमा आसन ग्रहण गरिसक्न पनि उहाले रुलिङ गनुभएको छ ।
बजेट भाषणपछि साँझ ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने जानकारी गराउँदै सभामुख सापकोटाले आजको बैठक अन्त्य गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्