ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सलह किरा नेपालमा समेत आउने सम्भावना बढ्यो : रोकथामको तयारीमा सरकार


एबीसी न्यूज
१४ जेष्ठ २०७७, बुधबार   ६ : ०८   बजे


काठमाडौं, १४ जेठ ।  सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ । यससँगै कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले उक्त किराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर के.सी.ले नेपालमा सलह किरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताउनुभयो । उहाँले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि बैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले त्यसको पूर्व तयारी पहिलो आउने कि नआउने जोखिम कति हो भनेर विश्लेषण गर्नुपर्ने हुन्छ र आएको अवस्थामा गर्नुपर्ने कामहरु त्यसको पूर्वतयारी गर्नुपर्छ । त्यसको लागि हामीले एउटा प्राविधिक समिति बनाएका छौं ।

त्यो प्राविधिक समितिले अहिले अध्ययन गर्दै छ । भारतबाट नेपालमा आउन सक्ने सम्भावना कति हो ? आउन सक्ने सम्भावना छ भने त्यसको लागि हामीले गर्ने तयारी के के हुन? त्यसका लागि विभिन्न विषादीहरुको उपलब्धताको कुरा हुनसक्छ, उपकरणहरुको कुरा हुनसक्छ ती कुरा हामीसँग छन की छैनन? पहिला त्यो के चिज हो र त्यसको उपलब्धता तथा परिचालन कसरी हुन्छ भन्ने कुराको बारेमा तयारी गर्न प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा नेपालमा उपलब्ध बैज्ञानिकहरु, प्राविधिकहरुको टीम बनाइएको छ । त्यो टीमले काम सुरु गरेको छ । त्यसले गरेको कामका आधारमा मन्त्रालयले के गर्नुपर्छ त्यो तयारी गर्दै जान्छ ।’

सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह Schistocerca Gregaria  प्लेग दिएको छ । सलहको वैज्ञानिक नाम Schistocerca Gregaria  हो । यो किरा समुहमा बस्छ र कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पु¥याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् ।

यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छन् । यो किरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ । नेपालमा पनि सूदुरपस्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ । त्यसको लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरुलाई जानकारी गराइसकेको प्रवक्त के.सी.ले बताउनुभयो ।

उहाँले सलह किराको नियन्त्रणका लागि विषादी प्रयोग गर्नुको विकल्प नहुने बताउनुभयो । त्यसैले विषादीको उपलब्धता र त्यसको प्रयोग गर्ने उपकरणको उपलब्धताको तयारीको प्रक्रियामा मन्त्रालय लागि सकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘रोकथामको कुरा के हो भने यो आइसक्यो भने ठूलो संख्यामा आउँछ । यो करोडौंको संख्यामा आउँछ । यसले एकैचोटी थुप्रै किलोमिटर क्षति गर्ने हिसाबले आउँछ । हामीसँग आइसकेको अवस्थामा विषादी प्रयोग गर्नुभन्दा बाहेकको विकल्प हुँदैन । विषादी पनि ठूलो मात्रामा, ठूलो क्षेत्रमा छर्नुपर्ने हुन्छ । त्यसो भएको हुनाले सम्भवतः यो नआओस सबैभन्दा राम्रो त्यही हो । आइहाल्यो भनेपनि हामी त्यसको लागि विषादीको उपलब्धता, त्यसका उपकरणहरुको उपलबधताको बारेमा तयारीको प्रक्रियामा लागिसकेका छौं ।’

मन्त्रालयले सलह किराको आक्रमण र यसको जोखिम तथा रोकथामको बारेमा मिडिया मार्फत किसानहरुलाई जानकारी दिने तयारी समेत थालेको प्रवक्ता के.सी.ले बताउनुभयो । यो किराको प्रकोप खासगरी जेठ महिनादेखि असोज सम्म हुने गर्छ । जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन् । नेपाल लगायत संसारका सबै भूभागमा वातावरणीय परिवर्तन हुँदा न्यानो बढेकोले यो किराको जीवनचक्रमा परिवर्तन आएको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group