काठमाडौं, १४ जेठ । कर्णाली प्रदेशमा बुधबार फेरि थप १५ जना कोरोना भाइरस संक्रमण देखिएको छ ।
सुर्खेतस्थित कोरोना प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा १५ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताउनुभयो ।
उहाका अनुसार नयाँ संक्रमित वीरेन्द्रनगर नगरपालिकाका १० जना हुन ती मध्ये ७ जना पुरुष र ३ महिला रहेका छन् । यस्तै, सुर्खेतकै चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् भने अर्का एकजना बझाङका रहेक छन् ।
बुधबार थपिएका सँगै कर्णालीमा संक्रमितको सङ्ख्या ३८ पुगेको छ । यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ९०१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्