ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसका कारण संविधान संशोधन प्रक्रिया रोकिएपछि केन्द्रीय सदस्य गगनकुमार थापाबाट असन्तुष्टि ब्यक्त


एबीसी न्यूज
१४ जेष्ठ २०७७, बुधबार   ८ : ०९   बजे

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान संशोधन प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनु भएको छ। उहाले आफ्नो आधिकारीक ट्वीटर मार्फत संशोधन प्रक्रिया रोकिएको भन्दै असन्तुष्टि जनाउनु भएको हो ।

उहाले आज सरकारले प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई पारित गर्नेगरी ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने तयारी गरेको थियो। संसद सचिवालयले पनि यसलाई समेटेर कार्यसूचीको ड्राफ्ट तयार गरिसकेको थियो। संशोधन विधेयकलाई सर्वसम्मत पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मंगलवार बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको थियो ।

बैठकमा कांग्रेसले केन्द्रीय कार्यसमितिबाट औपचारिक निर्णय गर्ने भन्दै केही समय माग गर्‍यो। कांग्रेसले समय मागेपछि सरकार संशोधन विधेयक पेश गर्ने तयारीबाट पछि हट्यो। आजको कार्यसूचीबाट हटाउन सभामुखलाई आग्रह गर्‍यो। यसरी कांग्रेसका कारणका कारण आजको संसद बैठकमा संशोधन विधेयक पेश नभएपछि नेता थापाले असन्तुष्टि जनाउनु भएको हो उहाले सभापति शेरबहादुर देउवालाई भोलि नै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्णय गराउन माग गर्नुभएको छ ।

उहाले फास्ट ट्रयाकबाट संविधान संशोधन पारित गर्नमा जोड दिँदै थापाले ट्वीटरमा भन्नु भएको छ , ‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu