काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेको छ । दिउँसो दुई बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट पारित गरेको हो ।
बजेट संसदमा पेस गर्नुअघि राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्ले पारित गर्नुपर्छ । मन्त्रिपरिषद्को बैठकअघि बालुवाटारमै योजना आयोगको बैठकले बजेट पारित गरिसकेको छ । योजना आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्