काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्य वाचन सुरु गर्नुभएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्न रोस्टममा गएर आव २०७७/७८ को बजेट प्रस्तुत गदैै २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पूँजी दिने बताउनु भयो ।। कोरोना विमामा ५० प्रतिशत प्रमियम सरकारले तिर्ने, कृषि घरेलु साना मझौला उत्पादनमूलक होटल पर्यटन ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष ।
घरेलु, साना तथा मझौला उद्योग । कोरोना प्रभावित पर्यटनलगायत उद्योगका कर्मचारीलाई पारिश्रमिक दिन ५ प्रतिशत ब्याजमा रकम दिन ५० अर्बको कोष स्थापना ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड, कान्ति बाल अस्पतालमा थप आईसीयू बनाइने । निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था । विपदको बेलामा निजी क्षेत्रका अस्पताललाई उपयोगमा ल्याउन सक्ने व्यवस्था । निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने । व्यायामशाला योग केन्द्र पनि चलाउने । राष्ट्रिय रोग निदान केन्द्र स्थापना गर्ने । केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने
आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने । ३ वर्षभित्र सबैको स्वास्थ्य विमा । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने । यो कार्यक्रमका लागि ७ अर्ब छ्टाइएको छ ।
प्रतिक्रिया दिनुहोस्