ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छैन चुनावी रौनक रानाथारु बस्तीमा


admin
१४ मंसिर २०७४, बिहिबार   ४ : ४८   बजे

कञ्चनपुर, १४ मंसिर । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ शुक्लाफाँटा नगरपालिका–१ बन्साहबाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएका विनाराम रानाथारूलाई चुनावी चटारोले छोएको छैन ।

उहाँ मात्रै होइन सोही ठाउँका तत्कालीन माओवादीका स्थानीय नेता विख्लुचौधरी पनि निर्वाचनप्रति त्यति उत्साहित हुनुुहुन्न । उहाँले भन्नुभयो – “परिवर्तनको आशासहित विगतमा माओवादीमा लागेर १० वर्षसम्म जनयुद्ध लडियो । अहिले आएर केही भएन । जनयुद्धमा लागेकामा अहिले पछुतो लागेको छ ।”

धुलाम्मे सडक पार गर्दै राससकर्मी मंगलबार साँझ उक्त बस्तीमा पुग्दा उहाँहरू जस्तै रानाथारू बस्तीका सबैको गुनासो थियो, “चुनाव आउँदा भोट माग्न आउँछन् । जितेर गएपछि मुखै देखाउन आउँदैन । चुनावका बेलामा गरेको सबै प्रतिबद्धता बिर्सन्छन् ।”

विख्लुजस्तै उक्त बस्तीका करिब १०० जना रानाथारू समुदायका व्यक्ति मंगलबार साँझ भोट माग्न पुग्नुभएका नेपाली काँग्रेसबाट निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार तथा काँग्रेस नेता नारायणप्रकाश साउदसँग पार्टीको सदस्यता लिँदै भनिरहेका थिए, “नेताज्यू, विगतकाले जस्तो प्रतिबद्धता गर्ने काम चैं नगर्ने प्रवृत्तिको अन्त्य होस् । हामी तपाईंलाई सहयोग गर्न तयार छौँ ।”

चिसो बढेसँगै आँगनमा आगो बालेर लहरै बसिरहेका उनीहरुको मुहारमा खुशी नभई समस्याको चाङमा मात्रै भएको प्रस्टै देख्न सकिन्थ्यो ।

विगतमा राजनीतिक दलले भोट माग्दा गरेको प्रतिबद्धता पूरा नगरेपछि करिब ८० घरधुरी रहेको उक्त बस्तीमा निर्वाचन आउन करिब एक साता मात्रै बाँकी रहँदा पनि अहिले न कुनै पार्टीको झण्डा नै फहराइएको छ, न उनीहरू नै प्रचारप्रसारमा जुटेको देखिन्थ्यो ।

मंगलबार साँझ स्थानीय नेता सुरेन्द्र देउवा, जिल्ला कोषाध्यक्ष शंकरबहादुर चन्दलगायत उक्त बस्तीमा पुग्नुभएका काँग्रेस कञ्चनपुर क्षेत्र नंं २ का प्रतिनिधिसभा उम्मेदवार साउद पहिलो उम्मेदवार हुनुहुन्थ्यो । उहाँ बस्तीमा पुगेलगत्तै स्थानीयवासीले नेता साउदमाथि स्थानीय समस्याको फेहरिस्त प्रस्तुत गर्दै समस्याको समाधान गरिदिए आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

आफ्ना समुदायलाई पछि पारिएको बताउँदै उनीहरुले बस्तीमा खानेपानीको अभाव, बाटोघाटो, बाढी र डुबानको समस्या रहे पनि कसैले माग पूरा नगरेको गुनासो गरे । छब्बीस प्रतिशत रानाथारू र चौधरी थारू रहेको निर्वाचन क्षेत्र नं २ मा काँग्रेसले प्रदेशसभामा श्यामलाल राना र गीता चौधरीलाई कृष्णपुर नगरपालिकाबाट समानुपातिक उम्मेदवार बनाएको छ । उनीहरुले भने – “नयाँ बन्ने प्रदेश सरकारमा पनि हाम्रो प्रतिनिधित्वलाई काँग्रेसले समेट्ने प्रयास गरेकामा रानाथारू समुदाय आभारी छ ।”

प्रदेशसभा सदस्य समानुपातिक उम्मेदवार श्यामलाल रानाले भन्नुभयो – “अरू पार्टीहरुले थारू समुदायलाई बेवास्ता गरेको देखियो ।” उहाँले नेकपा (एमाले)बाट थारू समुदायका नेता कृपाराम रानालाई अघिल्लो पटक समानुपातिकबाट सांसद बनाए पनि उहाँलाई आसन्न निर्वाचनमा कुनै भूमिकामा नराखिएकोप्रति आपत्ति प्रकट गर्नुभयो । “थारू समुदायलाई बेवास्ता गरिएकाले पनि यसपटकको निर्वाचनमा निर्णायक मत हाम्रै समुदाय हुन्छ,” रानाले भन्नुभयो – “थारू उम्मेदवार बनाएको पार्टीले सो समुदायलाई निर्वाचनमार्फत न्याय दिनेछन् ।”

काँग्रेसका नेता एवं पूर्वमन्त्री साउदले काँग्रेसले प्रदेश नं ७ मा टिकट वितरण गरेर थारू समुदायलाई न्याय गरेको बताउनुभयो । “म आफैँ पनि टिकट वितरणमा थिएँ,” थारू बस्तीमा सम्बोधन गर्दै उहाँले भन्नुभयो – “कैलाली र कञ्चनपुरमा कति थारू उम्मेदवार हामीले दियौँ, स्पष्ट नै छ ।”

थारू समुदायलाई सम्बोधन गर्दै उहाँले नदी कटान नियन्त्रण, खानेपानी, रोजगारी लगायतका समस्या समाधानका लागि आफू तयार रहेको बताउनुभयो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष तारा लामा तामाङलाई पराजित गर्नुभएका नेता साउदले आसन्न निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका एमालेकै नेता नरबहादुर धामीसँग प्रतिस्पर्धा गरिरहनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा काँग्रेसलगायत प्रमुख दलले थारू समुदायलाई उम्मेदवारीमा समेटे पनि यस पटक भने वाम गठबन्धनमा सोही समुदायलाई थोरै मात्र समेट्ने प्रयास भएको छ । वाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचन क्षेत्र नंं १ मा कुलवीर चौधरी र २ मा समानुपातिकबाट रामअवतार राना उम्मेदवार हुनुहुन्छ ।

वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नंं १ प्रदेश (ख)मा उम्मेदवार रहनुभएका एमाले नेता कुलवीर चौधरीले वाम गठबन्धनले सबै जातजाति, वर्ग समुदायलाई समेटेर उम्मेदवारी दिएको बताउनुभयो । उहाँले वाम गठबन्धनले थारू दलित समुदायलाई पनि उम्मेदवार बनाएको बताउँदै चुनावी घरदैलोमा जाँदै गर्दा मतदाताले सडक, सिंँचाइ, खानेपानी र रोजगारको माग गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि भेटिएका सुनचाँदी र नगद प्रहरीलाई बुझाउन आग्रह

गोरखा बाढीपीडितलाई खाली घरमा राखिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

German Voters Head to Polls as Far-Right AfD Party Eyes Historic State Win

Dramatic Finish Caps Eventful Opening Weekend in College Football

महाविपत्तिमा नेपाली मन : सहयोगको यो भावना जोगाऔँ

विपत्तिमा पनि दलहरूको अलमल : सर्वदलीय संयन्त्र कहाँ अड्कियो ?

बाढीपछि चितवनमा भेटिएका शवको पहिचानका लागि ६८ आफन्तको डीएनए नमूना संकलन

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि चार उम्मेदवारबीच प्रतिस्पर्धा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu