ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य क्षेत्रमा सरकारले छ्टायो ९० अर्ब ६९ करोड रुपैयाँ


एबीसी न्यूज
१५ जेष्ठ २०७७, बिहिबार   ५ : ०२   बजे

काठमाडौं, १५ जेठ  ।  सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत ९० अर्ब ६९ करोड रुपैयाँको बजेट विनियोजन गरिएको बताउनुभएको हो ।

बजेटमा संक्रामक रोग नियन्त्रणका लागि आवश्यक पर्ने अस्पताल, जनशक्ति र पूर्वाधार विस्तारलाई प्रमुख प्राथमिकता दिइएको छ ।

बजेटमा औषधि उपचार सामग्री कमी हुन नदिन ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यस्तै स्वास्थ्यकर्मीका लागि ५ लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ ।

यस्तै सरकारले ३ सय शैय्याको सरकारी अस्पताल, सबै प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल, प्रवेश गर्ने नाकामा स्वस्थ्य हेल्प डेस्क, सबै पालिकामा ५ देखि १५ शैय्याका २७२ अस्पताल बनाउन १४ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सिँचाइ अभाव, मल सङ्कट र उपकरण चोरीले महोत्तरीका किसान समस्यामा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu