काठमाडौं, १५ जेठ । सरकारले सबै नेपालीलाई श्रम र रोजगारीमा लगाउने घोषणा गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै देशभित्र थप रोजगारी सृजना गर्ने बताउनुभएको हो । उहाँले पालिकाबाट हुने विकास निर्माणका काममा विपन्न नागरिकलाई सहभागी गराउने बताउनुभयो ।
यस्तै विदेशबाट फर्किएकालाई स्थानीयस्तरमै विकास निर्माणको काममा लगाउने बताउनुभयो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप दुई लाखजनालाई रोजगारी दिने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्