काठमाडौं, १५ जेठ । सरकारले तराई तथा भित्री मधेशमा साना सिँचाईका लागि २ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै पहाडी तथा हिमाली क्षेत्रका नदी क्षेत्रमा सौर्य उर्जा उत्पादन गरी लिफ्टमार्फत पानी तान्ने व्यवस्था गर्न १ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सिँचाइ नभएका जमिनमा पनि सिँचाइको व्यवस्था गरी खेतीयोग्य जमिनमा कृषिजन्य सामग्री उत्पादनमा जोड दिइने सरकारले जनाएको छ । यस्तै सीमा क्षेत्रमा नदी कटानको समस्या समाधानका लागि आवश्यक बजेट व्यवस्था गरिएको सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्