ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले विश्वसम्पदा सूचीमा परेको सम्पदाको संरक्षण र सम्वद्र्धन गर्ने


एबीसी न्यूज
१५ जेष्ठ २०७७, बिहिबार   ६ : २६   बजे


काठमाडौं, १५ जेठ ।  सरकारले भक्तपुरबाट थालनी गरिएको रात्रिकालीन सम्पदा यात्रालाई उपत्यकाको अन्य शहरमा विस्तार गर्ने भएको छ । काठमाडौँको मौलिक संस्कृति र सम्पदाको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्न उपत्यकाको अन्य शहरमा यसरी रात्रिकालीन सम्पदा यात्रा विस्तार गर्न लागिएको हो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय संस्कृति सङ्ग्रहालय कीर्तिपुरको निर्माण कार्य अघि बढाइने बताउनुभएको छ । उहाँका अनुसार सरकारले उपयुक्त स्थानमा राष्ट्रियस्तरका बृहत् शहीद पार्क निर्माण शुरु गर्ने तथा विश्वसम्पदा सूचीमा परेको सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नेछ ।

सरकारले बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ । यस्तै आवमा लुम्बिनीमा निर्माणाधीन पाँच हजार क्षमताको ध्यान केन्द्र तथा सभाहलको निर्माण सम्पन्न गरिने उहाँले बजेटमा उल्लेख गर्नुभएको छ ।

सरकारले आगामी वर्ष तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाउने भएको छ । जानकी मन्दिर क्षेत्र र मिथिला संस्कृतिको संरक्षण र विकासका लागि गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिने जनाइएको छ ।

देवघाट, पाथीभरा, रुरु, खप्तड क्षेत्र, बराह क्षेत्र, काँक्रेविहार, हलेसी गौरीशङ्कर लगायतको धार्मिक क्षेत्रको विकासका लागि आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री डा खतिवडाले बताउनुभयो । रामायण परिपथ निर्माणको काम शुरुआत गर्न तथा अमूर्त सांस्कृतिक सम्पदाको जगेर्नाका लागि राष्ट्रिय अभिलेख पुस्तिका तयार गर्नसमेत बजेट व्यवस्था गरिएको छ ।

साहित्य कला, सङ्गीत क्षेत्रको उत्थान तथा विकासका साथै सबै समुदायको परम्परागत सीप र सांस्कृतिक मूल्यमान्यताको संरक्षण तथा सम्वद्र्धन गर्ने कार्यको सञ्चालनका लागि नेपाल प्रज्ञा– प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट््य प्रज्ञा–प्रतिष्ठानका लागि आवश्यक बजेट व्यवस्था गरिएको बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group