सप्तरी, १४ मंसिर ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको बहुमतीय सरकार निर्माण भएमा संविधानलाई संशोधन गरी मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने बताउनुभयो ।
कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले सप्तरी क्षेत्र नम्बर ३ को शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मधेशी जनताको चाहना अनुसार संविधानलाई संशोधन गरेर अधिकार सम्पन्न बनाउने आश्वासन दिनुभयो । उहांले बाम पार्टीले मधेशीलाई कुनै अधिकार नदिने भन्दै कम्युनिष्ट सरकार आए मुलुकमा चुनाव नै नहुने दाबी समेत गर्नुभयो । कांग्रेसको बिजयी सुनिश्चित भइसकेको दाबी गर्दै प्रधानमन्त्री देउवाले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले कांग्रेस मधेशकै पार्टी भएको बताउनुभयो ।
उहांले सप्तरीको हुलाकी सडकखण्ड यसै आर्थिक वर्षमा संचालन गरिने आश्वास दिंदै शम्भुनाथमा २५ शैयाको अस्पतालको निर्माणका लागि पहल गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्