दैलेख, १८ जेठ । आइसोलेसन नभएपछि भैरवी गाउँपालिकाले आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएका चार स्थानीयलाई भैंसीको गोठमा राखिएको छ । शनिबार परीक्षणका क्रममा पोजिटिभ भएपछि उनीहरुलाई क्वारेन्टाइनबाट भैंसीगोठमा पठाइएको हो ।
शनिबार जिल्लाबाट आएको प्रयोगशालाको टोलीले ४८५ जनाको आरडीटी जाँच गर्दा ४ जनामा आरडीटी पोजिटिभ देखिएको भैरवि गाँउपालिकाका जनस्वास्थ्य अधिकारी शम्सेर बिष्टले बताउनुभयो । आरडीटी पोजिटिभ देखिएपछि सबैले उनिहरुलाई त्यतिकै छौडेर सबै गएपछि स्थानीयले छोडेको गोठमा पशु झै राखिएको एक स्थानीयले जानकारी दिएका छन् । भारतको गुजरातबाट ८ दिनअघि आएका उनिहरु स्थानीय देउती आधारभूत विद्यालयमा बनाइएको क्वारेनटाईनमा बस्दै आएका थिए । पोजिटिभ देखिएकाहरुलाई अन्य क्वारेन्टानमा रहेकाहरुले बस्न दिन नमानेपछि स्थानीयको शनिवारदेखि स्थानीयको गोठमा रखिएको र स्वास्थ्य सुरक्षा लगायतको व्यवस्था नगरी पशु जस्तै गरि भैरवि गाँउपालिका वडा न ३ मा स्थनीयले छोडेको गोठमा राखिएकोले स्थानीय सरकारले तत्काल उनिहरुको पीसीआर जाँच गरी आइसोलेशनमा राखि जाँच गर्नुपर्ने स्थानीयले बताए । विद्यालय छन्, स्वास्थ्य चौकी छन् यसरी गोठमा राखिनु अमानवीय व्यवहार भइरहेको भएको स्थानिय बासीको गुनासो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्