ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पा पहिलाे पटक ३ जनामा काेराेना पाेजेटिभ


sharan sharan
१८ जेष्ठ २०७७, आइतबार   ८ : ५४   बजे

पाल्पा ।  पाल्पामा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको माथागढी गाउँपालिकाको क्वारेन्टिनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्वारेन्टिनमा बसेका ३८ र ४० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

उनीहरु एक साता अघि भारतबाट आएर तानसेनको बतासेडाँडाको होल्डिङ क्वारेन्टिनमा बसेका स्थानीय तहको क्वारेन्टाईनमा पठाईएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । माथागढीका संक्रमितको बतासेमै स्वाब लिएर पठाएको र रैनादेवी छहराका दुई जनाको भने गाउँमै स्वाब लिइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

आइतबार बेलुकी प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाद्धारा जारी रिपोर्टमा उल्लेख गरेको प्रमुख न्यौपानेले बताए । माथागढीका युवालाई सोमबार र रैनादेवीछहरामा देखिएकालाई आइतबार राती या सोमबार बिहान आइसोलेशन कक्षमा ल्याइने तयारी भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए ।

पाल्पाबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको २७१ जनाको परीक्षणमा २५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भने ११ जनाको रिपोर्ट आउन बाकी रहेको छ । पाल्पामा पछिल्लो एक सातामा मात्रै भारतका विभिन्न स्थानबाट १ हजार ३ सयबढी जिल्लामा भित्रिएका छन । उनीहरुमध्य केहीको पिसिआर परीक्षण गरिएको भएपनि हाल किटको अभावले स्थानीय तहका क्वारेन्टाईनमा राखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

बागलुङ बजारमा सद्भाव र्याली

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu