ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सेनाको जागिर छाडेर व्यावसायिक कृषिमा


एबीसी न्यूज
२१ जेष्ठ २०७७, बुधबार   १ : २६   बजे


काठमाडौं, २१ जेठ । छँदाखाँदाको भारतीय सेनाको जागिर छाडेर गाउँ फर्किँदा झिमरुक गाउँपालिका–६ चिसावाङका ईश्वरीप्रसाद पोख्रेललाई ‘मति बिग्रियो’ भन्ने धेरै थिए । भारत सरकारको जागिर छाडेर खेती किसानीको काम गर्ने भन्दै पोख्रेल घर आउँदा परिवारलाई पनि स्वीकार्य थिएन । तर, खाइरहेको जागिर चटक्क छाडेर घर फर्किएका पोख्रेल अहिले गाउँमा अगुवा कृषकका रुपमा परिचित छन् । व्यावसायिक कृषिबाटै उहाँले घरैमा बसीबसी आकर्षक आम्दानीसमेत गरिरहेको बताउनुभयो ।

“अहिले खेतीपातीको काममा व्यस्त छु, आठ वर्षसम्म भारतीय सैनिकमा परेड खेलेको सम्झना ताजै छ”, पोख्रेलले भन्नुभयो, “गाउँमै केही गर्न सकिन्छ भन्ने सोचमा जागिर छाडेर घर फर्किएको हुँ ।” विसं। २०७५ देखि व्यावसायिक रुपमा खेती शुरु गर्नुभएका पोख्रेल अहिले जिल्लाकै ठूलो लगानीमा कृषि उत्पादन गर्ने कृषक हुनुहुन्छ ।

उहाँले चिसावाङ गाउँमा सञ्चालन गर्नुभएको प्रिसा पशुपक्षी तथा कृषि फार्म प्रालिमा अहिले १९ जना स्थानीय युवा कार्यरत छन् । काम गर्ने दक्षताका आधारमा उनीहरुको मासिक तलव रु १४ हजारदेखि ३५ हजारसम्म रहेको छ । पोख्रेलका अनुसार फार्ममा काम गर्ने युवालाई खान, बस्न र नेटवर्कबाट नयाँ नयाँ कुरा सिक्ने व्यवस्था मिलाइएको छ । फार्ममा लोम्यान ब्राउन लेयर्स कुखुरापालन र टनेलमा तरकारीखेती गरिएको छ ।

पोल्ट्री फार्ममा १५ हजार लेयर्स कुखुराबाट दैनिक ४६ पेटी अण्डा उत्पादन हुन्छ । एक पेटीमा २१० अण्डा हुन्छन् । एक पेटी अण्डा रु दुई हजारदेखि दुई हजार ३०० सम्ममा बिक्री हुने गरेको पोख्रेलले बताउनुभयो । उत्पादित अण्डा उहाँले पिकअप भ्यानमार्फत जिल्लाको प्रमुख बजार बाग्दुला, बिजुवार, भिङ्ग्री, मच्ची, ठूलाबेँसी, बहाने पु¥याउनुहुन्छ । जिल्लाभित्र मात्र होइन, उहाँले उत्पादन गरेका अण्डा गुल्मी, अर्घाखाँची र बागलुङका गाउँमा समेत पुगेको छ ।

अण्डासहित गोलभेँडा, सिमी, बोडी, हरियो साग, काँक्रा, काउली, करेला, धनियाँलगायतका मौसमी तथा बेमौसमी तरकारीसमेत पोख्रेलको फार्ममा उत्पादन हुन्छ । तरकारी र अण्डा आफ्नै गाडीमा लिएर उहाँ गाउँ गाउँमा उपभोक्ताको घरसम्म पुग्ने गर्नुहुन्छ । पोख्रेललाई बिचौलियाको डर छैन । आफ्नै गाडीमा प्रत्येक दिन फरक फरक ठाउँमा पुग्ने हुँदा पहिल्यै सम्पर्क गरेर गाउँलेले माग गर्ने गर्छन् ।

मागका आधारमा लैजाने हुँदा सिधै उपभोक्तासम्म पुग्दा बिचौलियाले फाइदा उठाउन पाएका छैनन् । गाउँको एउटा स्थानमा राखिदिने र पैसा जम्मा गरेर फर्कंदा उपभोक्तालाई सहज भएको छ । उपभोक्ताको भान्सा सस्तो र सहज रुपमा तरकारी तथा अण्डा पुग्ने गरेको दाबी पोख्रेलको छ । उहाँको व्यक्तिगत दुई र साझेदारीमा दुई गरी चारवटा व्यावसायिक फार्म छन् । शुरुमा मकवानपुर जिल्ला थाहा नगरपालिका–४ चित्लाङमा सञ्चालन गरिएको भेडीगोठ बाख्रा फार्म प्रालिमा एक हजार १०० बाख्रा रहेका छन् । चितवनको खैरनीपुर गाउँपालिका–२ कुम्रोजमा कामधेनु गाई फार्म छ । कपिलवस्तुको विजयनगर गाउँपालिका ३ र ४ स्थित प्रिसा फार्मको शाखाबाट करिब ३० हजार लेयर्स कुखुरा पालन गरिएको उहाँको भनाइ छ ।

प्यूठान–गुल्मी सडक खण्डको चिसावाङस्थित प्रिसा फार्ममा रु एक करोडको चुक्ता पूँजी रहेको छ भने अहिलेसम्म रु तीन करोड ७७ लाख लगानी भइसकेको छ । कुखुराको खोर, लिफ्ट सिँचाइ, पिकअप, ट्र्याक्टर, प्लाष्टिक घरजस्ता पूर्वाधार निर्माण गरिएको छ । फार्ममै दाना उद्योग सञ्चालनका लागि निर्माण कार्य शुरु गरिएको उहाँले बताउनुभयो । १६ रोपनी आफ्नै र भाडामा पाँच रोपनी गरी कूल २१ रोपनी जग्गामा व्यावसायिक खेती गर्नुभएका पोख्रेलले सबै खर्च कटाएर मासिक रु ६ देखि सात लाखसम्म नाफा गर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group