पर्सा २३ जेठ। सशस्त्र प्रहरी बल बिओपी भिस्वाले २२ लाख ४८ हजार र नेपाल प्रहरी भिस्वा चौकीले १० लाख रुपैयाँ मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी पर्साको छिपरमाई गाउपालिका बंजारीबाट विहीवार बिहान सशस्त्र प्रहरी बल १३ हेक्वा र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टले विशेष सुराकीमा भिस्वा बंजारीले मोटरसाइकलको ट्यांकीमा रहेको ठूलो परिमाणमा नेपाली नोट समेत एक युवक लाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी भिस्वा चौकीले जयमंगलापुर बाट १ जना मानिस र मोटरसाईकल सहित १० लाख रुपैयाँ सहित पक्राउ गरको हो । छिपहरमाई गाउँपालिकाको भिस्वा बाट बहुदरमाई नगरपालिकाको भौराटार लेजादै गरेको ना४३प २८०२ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा ट्यांकी बाट २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बोर्डर हेक्वाको र आउट पोस्ट भिस्वा बंजारीका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीकाको टोलिले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षकको अनुसार बिहान ९:३० बजेको समयमा चेकजाँच गर्दा मोटरसाइकल को फलास ट्यांकी मा लुकाई छिपाई २२ लाख ४८ हजार नगद बरामद भएको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वार्डनं ५ भौराटार निवासी २० वर्षीय मोटरसाइकल चालक प्रकाश कुमार साहलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले बताउनु भएको छ।
द्धयप्रहरीले पक्राउ गरेको रकमको स्रोत नखुलेको बरामद भएको नेपाली रुपैया हजार को २४८ थान पाँच सय को ३२ सय थान ,सय को ३ हजार थान, पचास को २ हजार थान नोट हरु बरामद भएका छन । बरामद भएका मोटरसाइकल ,नगद रुपैया ,सहित पक्राउ परेका साह लाई जिल्ला प्रहरी कार्यालय पर्सा मा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले जानकारी दिनुभयो । नेपाल प्रहरीले पक्राउ गरेको १० लाख नगद र मोटरसाइकल सहित एकजनालाई पक्राउ गरि थप अनुसन्धानको भईरहेको पर्सा प्रहरी प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्