धनकुटा, २३ जेठ । धनकुटामा कोरोना सङ्क्रमण भई कोभिड अस्पताल विराटनगरमा उपचार गराइरहनु भएका धनकुटाका स्वास्थ्यकर्मीलगायत सातै जना कोरोनालाई जितेर फर्कनुभएको छ ।
बिहीबार राति ८ः४५ मा उहाँहरूलाई धनकुटा अस्पताल परिसरमा फूलको गुच्छाले स्वागत गरी जिल्ला भितत्र्याइएको जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले जानकारी दिनुभयो ।
जेठ ५ गते कोरोना भाइरस पुष्टि भएलगत्तै उहाँहरूलाई गत जेठ ७ गते विराटनगरको कोशी कोभिड –१९ अस्पतालमा उपचारका लागि राखिएको डाक्टर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना जितेर आउनुभएका सातै जनाको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र दुई साताका लागि होम क्वारेन्टाइनमा रहनुभएको छ ।
धनकुटामा कोभिड सङ्क्रमण कसरी आइपुग्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । आजसम्मका ५३८ जनाको स्वाब परीक्षणमा सङ्क्रमण फेला नपरे पनि समुदायमा भने कोही सङ्क्रमित हुनसक्ने भएकोले सबै चनाखो र सचेत हुँदै सामाजिक दूरी कायम गरी काम गर्न भने आवश्यक भएको छ ।
प्रतिक्रिया दिनुहोस्