ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोलाको ‘पाता फर्काउँछु’ भन्ने प्रधानमन्त्री भए, खोलाको हालत उस्तै


admin
१५ मंसिर २०७४, शुक्रबार   १ : २०   बजे

झापा, १५ मंसिर ।  जब वर्षायाम लाग्छ, झापाको रतुवा खोला वरिपरिका बासिन्दाको निन्द्रा हराउँछ । यो विगत एक दुई वर्षअघि देखिएको समस्या भने होइन । लामो समयदेखि नै यस खोलाले उपद्रो मच्चाउँदै आएको छ ।

वर्षौंपिच्छे हजारौँलाई विस्थापित गर्ने यस खोलामा यहाँका बासिन्दा तटबन्ध बाँधिएको हेर्न चाहन्छन्, तर यो विषय केवल राजनीतिक नारा र नेताका भाषणमा सीमित हुुँदा उनीहरु निराश छन् ।

सामान्य नेताको कुरै छाडौँ । प्रतिष्ठित नेताले पनि जनताको दुःखमा साथ नदिँदा उनीहरुलाई ठूलै चोट परेको कुरा चुनावअघिको आक्रोशले स्पष्ट दर्शाउँछ ।
“दश वर्षअघि रतुवा खोलाको ‘पाता फर्काउँछु’ ९नेताकै शब्दमा० भन्ने एमाले नेता केपी शर्मा ओली प्रधानमन्त्रीसमेत भए तर आजसम्म यस खोलामा तटबन्ध बाँधिएको छैन । यो कस्तो बिडम्बना हो गरिब जनतामाथि,” कमल गाउँपालिका सडक छेउमा पसल गर्ने ४६ वर्षीय अनिल रसाइली आक्रोश पोख्छन् ।

उनका अनुसार एमाले मात्र होइन सबै राजनीतिक दल र नेताको व्यवहारबाट जनता आकुल छन् । उनी थप्छन्, “चरम बेरोजगारीका कारण कतिपय युवा लागूपदार्थको दुव्यर्सनमा समेत फसेका छन् । नेताहरु जिल्लामा उद्योगधन्दा निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने कुरामा ध्यानै दिँदैनन्, केवल फोस्रा आश्वासन मात्र दिन्छन् ।”

उनको कुरामा हो मा हो मिलाउँदै सरस्वती गिरी भन्छिन्, “नेताहरुले साना कुरै गर्दै । देश विकासका गुड्डी हाँक्छन् तर चुनावपछि आफ्नो गाउँको विकास बिर्सन्छन् ।”

गिरी राजनीतिक दलमात्र होइन पत्रकारले पनि गाउँका समस्या उजागर नगरिदिएकोमा गुनासो गर्छिन् । झापा जिल्लामा पूर्व पश्चिम राजमार्गको उत्तरतिरका गाउँमा थुप्रै समस्या छन् । खै कसले हेरिदिन्छ, सुनिदिन्छ र साना मान्छेका कुरा रु उनको पीरलो यस्तो छ ।

शिलान्यासलाई विकास भन्ने हो भने झापा धेरै विकसित 

सोही गाउँपालिकाका चिया पसल सञ्चालक राजकुमार हलवाईका अनुसार शिलान्यासलाई विकास भन्ने हो भने झापा जति विकास अन्य कतै भएको छैन होला ।

वाम र लोकतान्त्रिक गठबन्धनका साना ठूला नेताले भोट तान्ने अनेक उपाय गरेको देख्दा र सुन्दा उनीहरु चकित छन् । चुनावको समयमा आफ्नो गाउँ तथा जिल्लालाई पानी पँधेरो बनाएका नेताले अन्य समय जनतालाई अँध्यारोमा राखेको अनुभूति हुन्छ मतदाताका भनाइमा ।

वाद, तन्त्र, सिद्धान्तका कुरामा चासो नराख्ने सामान्य ज्ञान भएका मतदातालाई सानो समस्याले गाँजिरहेका छन् । नेताहरुको मन माझिरहेका छन्, भाषणमा बाझिरहेका छन् ।

हात्ती धपाइदिने नेतालाई मात्र भोट 

उता झापा चन्द्रगढी की वृद्धा वेदकुमारी घिमिरेले हात्ती धपाइदिने नेतालाई मात्र भोट दिने निर्णय गरेको सुनाइन् । “एकाबिहानै, बेलुकै आँगनमा हात्तीको लस्कर हिँड्छ । बिहान ६ बजे अघि तलाबाट झर्नै सकिन्न । कहिलेकाहीँ हारगुहार गर्दा प्रहरीले साइरन बजाएर हात्ती लखेटिदिन्छन् । तर नेता यस्ता समस्याबारे फिटिक्कै बोल्दैनन् । आजसम्म भोट माग्न कोही आएका पनि छैनन्” घिमिरेले दुखेसो पोखिन् ।

जथाभावी जग्गा प्लटिङले बस्ती डुबानमा 

त्यसैगरी विर्तामोडका रामजी दाहालले पनि आफ्नो क्षेत्रका विविध समस्या जानकारी गराए– ठूला नेताहरु नै अहिले रातदिन हिँड्ने सडकको बेहाल छ । उनीहरु केवल चुनावका बेलामात्र हिँड्छन् तर स्थानीयले वर्षभरि सास्ती खेप्नुपर्छ ।

उनको तर्क छ, जिल्ला होचो भूभागमा अवस्थित भएर मात्र होइन भूमाफियाले जथाभावी जग्गा प्लटिङ गर्दा बस्ती डुबानमा परेका छन् । हुन पनि बिरिङ, अदुवा, कन्काइमाइ, निन्दा खोलाको बाढीले वर्षौंपिच्छे हजारौँ विस्थापित हुन्छन्, सुकुम्वासी हुन्छन् यहाँ ।

नेपालमै कम्युनिष्ट आन्दोलन छेडेको पुरानो केन्द्रबिन्दु मानिने झापा जिल्लामा पछिल्लो केही दशकयता बौद्धिक युवा नेता विश्वप्रकाश शर्मा, शान्ति प्रक्रियाको समयका चर्चित नेता कृष्ण सिटौला, पूर्वप्रधानमन्त्री ओलीलगायत माओवादीको नेता राम कार्की, राप्रपाका राजेन्द्र लिङ्देनको चुनावी प्रतिस्पर्धा हेर्न लायक हुँदा जिल्लाका गरिब जनताका समस्या कसरी समाधान हुने हुन् त्यो भने देख्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार पटक म्याद थप्दा पनि बनेन गुल्मी अस्पताल, थप ढिलाइ स्वीकार्य छैन : मन्त्री लम्साल

सुनकोसीमा हाम फालेकी तिलकुमारीको शव फेला, पति अझै बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Iran’s President Urges End to ‘No War, No Peace’ Status with U.S.

Congress Leader Criticizes Home Minister’s Silence on Protest Response

Iran’s President Reportedly Meets With Supreme Leader Amid Health Concerns

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

Israel Rejects Trump-Backed Plan for Gaza Disarmament

Turkey Seeks to Expand New Defense Pact with Saudi Arabia and Pakistan

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu