काठमाडौं २५ जेठ । जनता समाजवादी पार्टी (जसपा) मा अन्तिम समयमा बाबुराम भट्टराई अध्यक्ष पदबाट आउट भएका छन् । आज जसपाले निर्वाचन आयोगमा बुझाएको नेतृत्वमा दुई जना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव रहेको नेता राजेन्द्र श्रेष्ठले बताए । यसस अघि तीन जना अध्यक्ष हुने बताइएको थियो । बाबसुराम भट्टराईको नाममा राजपाका नेताहरुले आपत्ति जनाएपछि बाबुराम पछि हट्न बाध्य भएका छन् ।
भट्टराई, राजेन्द्र महतो र अशोक राई बरिष्ठ नेता रहेका छन् । श्रेष्ठका अनुसार जसपाको ७०१ सदस्यीय केन्द्रीय समिति र ५३ सदस्यीय केन्द्रीय कार्यकारीणी समिति रहने व्यवस्थ गरिए पनि आज केवल ५२ जनाको मात्र नाम निर्वाचन आयोगमा बुझाइएको छ ।
कुनै बेला शक्तिशाली पार्टी एमाओवादीको उपाध्यक्ष रहेका र प्रचण्डपछिको बरियतामा रहेका तथा प्रधानमन्त्री भइसकेका भट्टराई मधेश केन्द्रित पार्टीमा पुगेर चिससो पानीले नुहाउने अवस्थामा पुगेको राजनीति विश्लेषकहरुले बताएका छन् । आज भन्दा ४६ दिन अघि ससरकारले राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याएका कारण रातारात पार्टी एकता गर्न पुगेका दुई मधेशवादी दलले आज निर्वाचन आयोगमा दल दर्ताको अन्तिम सूचना दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्