ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनासँगै आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
२५ जेष्ठ २०७७, आइतबार   ८ : ५८   बजे


काठमाडौं २५ जेठ ।  अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण बजारमा परेको प्रभावलाई न्यून गर्दै आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “कतिपय अवस्थामा बजार र उत्पादन शिथिल हुँदा शेयर बजारमा पनि प्रभाव परेको हुन सक्छ, तर यो सबै अल्पकालीन हो । कोरोनालाई जित्न सकिन्छ । अब कोरोनासँगै आर्थिक क्रियाकलाप पनि अघि बढाउनुपर्छ ।”

नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवलाई आज श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले कोरोनासँग जुध्दै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले अहिलको पहिलो सर्त जीवन रक्षा भए पनि त्यससँगै आर्थिक क्रियाकलापमा अघि बढाउनुपर्ने र उद्योगसमेत क्रमशः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले बोर्डले पनि अब कारोवार अघि बढाउने गरी तयारी थाल्नुपर्ने स्पष्ट पार्नुभयो ।

धितोपत्रको दोस्रो बजारमा ऋणपत्रको पनि कारोवार गर्ने कुरा सकारात्मक भएको भन्दै अर्थमन्त्रीले औद्योगिक ऋणपत्रलाई ध्यान दिन सकिए समग्र पूँजीबजार र अर्थतन्त्रका लागिसमेत राम्रो हुने बताउनुभयो । उहाँले जोड दिँदै भन्नुभयो, “धितोपत्र बजारमा ऋणपत्रको कारोवार गर्ने कुरा आएको छ, त्यो पनि राम्रो छ । अब क्रमशः औद्योगिक ऋणपत्रहरु पनि कारोवार गर्ने प्रक्रिया अघि बढाउन सकियो भने झनै राम्रो हुनेछ ।”

अर्थमन्त्री डा खतिवडाले आन्तरिक पूँजी परिचालनमार्फत औद्योगिक, वित्तीय, ऊर्जा वा अन्य क्षेत्रमा पूँजी परिचालनमा धितोपत्र बोर्डले काम गरिरहेको र नियामक निकायका रुपमा बोर्डको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो । वस्तु विनिमय बजारको पनि हाम्रोमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै उहाँले अहिले कमोडिटी बजार ठूलो सम्भाव्य बजार हुन सक्दैन कि रु भन्ने लाग्न सक्ने भए पनि आगामी दिनमा कृषिजन्य वस्तु, धातुजन्य उत्पादन, पेट्रोलियम उत्पादन वा औद्योगिक उत्पादनको वस्तु विनियम बजारको विकास हुनैपर्ने उल्लेख गर्नुभयो ।

कमोडिटी बजारका लागि अनुमतिको प्रक्रिया अघि बढाउन बोर्डलाई आग्रह गर्दै अर्थमन्त्री डा खतिवडाले क्रेडिट रेटिङको कामलाई थप समृद्ध र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारले बजेटमार्फत पूँजी बजारलाई प्रोत्साहन गरेको जानकारी दिँदै उहाँले सरल तरिकाले कर तिर्ने र सहज ढङ्गले कारोवार गर्दा करकै कारण व्ययभार व्यहोर्नु नपर्ने व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री खतिवडाले वित्तीय पहुँच बढाउने भनेको बैंक खाता खोल्ने कुरा मात्रै नभई शेयर बजारमा सर्वसाधारणको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेतर्फ पनि कुरामा ध्यान दिनुपर्ने र थोरै बचत गर्ने नागरिक पनि बजारमा आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बजारका सूचना पारदर्शी हुनुपर्ने, वित्तीय विवरणहरु ठीक हुनुपर्ने र नागरिकको सहज पहुँचमा हुनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको आत्मबल बढाउने जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनुभयो । उहाँले कोरोनाको कहरबाट प्रभावित भएको वित्तीय क्षेत्रको आत्मबल बढाउने जिम्मेवारी कन्द्रीय बैंकको काँधमा आएको र पूँजी बजारमा वित्तीय क्षेत्रको सबैभन्दा ठूलो हिस्सा रहेकाले वित्तीय क्षेत्रमा हुने गतिविधिले पार्ने प्रभावबारे आफू जानकार रहेको स्पष्ट पार्नुभयो ।

आगामी मौद्रिक नीतिबाट पूँजी बजारको दिगो विकासका लागि आवश्यक नीति अघि सार्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले केन्द्रीय बैंकका नीतिले पूँजी बजारमा प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव परेको दृष्टान्त पेश गर्नुभयो । केन्द्रीय बैंकले यसअघि बैंक तथा वित्तीय संस्थालाई गाभिने र प्राप्ति गर्ने नीति लिएका कारण पूँजी बजार विस्तारमा सहयोग पुगेको भन्दै उहाँले आधुनिक वित्तीय पूर्वाधारको विकासमा पनि लागिपरेको बताउनुभयो । कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बोर्डले एक वर्षको अवधिमा सम्पादन गरेका काम कारवाहीका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group