काठमाडौं, २६ जेठ । देशका विभिन्न २४ जिल्लाका थप २९२ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा सबैभन्दा बढी प्रदेश २ मा ७ जिल्लामा एकैदिन १७५ जना संक्रमित थपिएका छन् ।
सर्लाहीमा एकैदिन १२० जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, सप्तरीमा १६ जना, महोत्तरी १२ जना, रौतहटमा ११ जनामा कोभिड—१९ देखिएको हो । यस्तै, पर्सामा ८ जना, बारामा ७ जना र धनुषामा १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । यस्तै, भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जनामा कोभिड—१९ पुष्टि भएको हो । जसमध्ये अर्घाखाँची ३२ जना, रुपन्देही २ जना, प्यूठानका ८ जना, गुल्मी र पाल्पामा १÷१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।
प्रदेश १ को प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ वटामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये झापा ६ जना, सुनसरीमा १ जना, मोरङका ९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । जसमध्ये १८ जना बर्दिया र १ जना बाँकेका छन् । यस्तै, पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा कास्कीका पोखरा महानगरपालिका—९ का १ जनामा रहेका छन् । यस्तै स्याङजा वालिङका १ जनामा पनि कोभिड—१९ पोजेटिभ देखिएको छ ।
कर्णाली प्रदेशीक प्रयोगशाला सुर्खेतमा गरीएको परिक्षणमा १६ जनामा कोभिड १९ पोजेटीभ देखीएको छ । पोजेटीभ देखीनेहरुमा दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जानाएको छ ।
यो संगै कर्णालीमा ६ सय ५७ जनामा कोरोना पुष्टी भएको छ । सोमवार चितवनको भरतपु्र कोरोना परिक्षण प्रयोगशालामा गरीएको परिक्षणमा २० जनामा कोभिड १९ पुष्टी भएको छ । जसमा १७ जना चितवन र ३ जना नवलपरासीका रहेका छन् । यो सगै नेपालमा संक्रमितको संख्या ३ हजार ६ सय ४० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्