काठमाडौं, २६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सांकेतिक भाषा भन्नुपर्नेमा साँस्कृतिक भाषा भन्नु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नियमित पत्रकार सम्मेलनमा डाक्टर गौतमले सगै रहेका दिनेश श्रेष्ठले प्रस्तुत गर्ने सांकेतिक भाषालाई सास्कृतिक भाषामा भन्नुभएको हो ।
पत्रकार सम्मेलन उहाको आज पहिलो दिन भएको हुदा तयारी नपुगेको समेत संचारकर्मीले टिप्णी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाको सरुवा भएपछि उहाले आजबाट नियमित गरिने पत्रकार सम्मेलनमा कोरोना संक्रमण , रोकथाम र नियन्त्रणबारे जानकारी दिनुहुने छ ।
प्रतिक्रिया दिनुहोस्