ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई ३–१ ले हरायो


admin
१७ मंसिर २०७४, आइतबार   ११ : ३१   बजे

काठमाडौं, १७ मंसिर । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई ३–१ ले पराजित गरेको छ ।

गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन जेस्सी लिङ्गार्डले दुई तथा एन्टोनियो भ्यालेन्सियाले एक गोल गरे । आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल फर्काए । प्रिमियर लिगअन्तर्गत कै अर्को खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई ३–१ ले हरायो । चेल्सीका लागि एडिन हाजार्डले दुई तथा अल्भारो मोराटाले एक गोल गरे । यसैगरी लिरभपूलले ब्राईटनलाई ५–१ ले हरायो । लिभपूलको लागि रोबर्टो फर्मिनोले दुई गोल गर्दा फिलिप कौटिन्हो र एम्रे च्यानले एक–एक गोल गरे । ब्राईटनका लेविस डङ्कले एक आत्मघाती गोल गरेका थिए । प्रिमियर लिग फुटबलमा वाट्फोर्डले टोटनह्याम हट्सपरलाई १–१ गोलको बराबरीमा रोक्दा एभर्टनले हडर्स्फिल्ड टाउनलाई २–० ले हरायो । गएराति नैं लेष्टर सिटीले बर्न्लेलाई १–० ले हराउदा स्टोक सिटीले स्वान्सी सिटीलाई २–१ ले पराजित गरेको छ । वेष्ट ब्रोम र क्रिष्टल प्यालेसले भने गोलरहित बराबरीमा चित्त बुझाए । प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज शीर्ष स्थानको म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसंग खेल्दा बर्नमाउथ र साउथह्याम्पटन भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group