ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पेन्सन लिइरहेका नेपालीलाई मतदाता परिचयपत्र नहुँदा समस्या


admin
१७ मंसिर २०७४, आइतबार   १२ : ४७   बजे

बैतडी, १७ मंसिर । भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौँ भारतीय पेन्सन लिइरहेका नेपाली समस्यामा परेका छन् ।


मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सन धारी नेपालीलाई अहिले समस्या भएको छ । भारतीय बैंकले डिसेम्बर १५ तारिखभित्र कागजात बुझाउन सूचना जारी गरेको छ । भारतीय बैंकले सबैको पेन्सन खाता अद्यावधिक गर्न लागेको छ । भारतीय नागरिकको पनि नागरिकतासँगै आधारकार्डलगायतका अन्य पहिचान खुल्ने कागजात खोजेको छ । नेपाली नागरिकलाई नागरिकतासँगै मतदाता परिचयपत्र मागेको हो ।

मासिकरुपमा निकासा हुने भए पनि उनीहरुले चार÷पाँच महिनाको फरकमा भारतीय बैंकबाट झिक्ने गरेका छन् । परिचयपत्र नहुँदा खाता नवीकरण गर्न नसकेको भारतको बंगाल प्रहरीबाट सेवानिवृत्त दशरथचन्द– ७ का रामदत्त बडूकी श्रीमती कमलादेवी बडूले बताउनुभयो ।

“परिचयपत्र बनाउन टोली आएका बेला ध्यान पुगेन, अन्य समयमा आवश्यक भएन”– उहाँले भन्नुभयो, “बैंकले मतदाता परिचयपत्र नभएसम्म मान्दैन ।” नाम फरक परेका, विवरण नमिलेका लगायतका समस्या जिल्ला प्रशासन कार्यालयको सिफारिशका आधारमा सुल्झिदै आएका थिए । यसपटक मतदाता परिचयपत्र खाजेकाले समस्या परेको हो । भारतीय सेना, प्रहरीमा कार्यरत श्रीमान्को पेन्सन लिने अधिकांश महिलाको मतदाता परिचयपत्र लिएका छैनन् । निर्वाचन नसकिएसम्म नयाँ परिचयपत्र बनाउन नाम दर्ता गर्न नसकिने भएकाले तत्काल केही गर्न नसकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दिनहुँ समस्या लिएर आउनेको संख्या बढेकाले गृह मन्त्रालय र निर्वाचन आयोगलाई जानकारी पठाउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताउनुभयो ।

प्रदेश नं ७ का बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुरमा भारतीय सेना र प्रहरीबाट पेन्सन सुविधा लिने दुई हजार बढी छन् । मतदाता परिचयपत्र नबुझाएसम्म पेन्सन रोकिनसक्ने जिल्ला सैनिक बोर्डले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपश्चात् निर्वाचन आयोगले निर्देशन दिएपछि मात्रै मतदाता नामावली संकलन कार्य हुनसक्छ जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल मतदाता नामावली संकलन गर्नेबारे केही निर्णय भएको छैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group