काठमाडौं, ८ असार । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइसरबाट भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार ६ सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा ६०१ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५० हजार ६५९ पुगेको हो । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ८६ हजार ९९० जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६ हजार ८५१ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये अहिलेसम्म ५ लाख ४३ हजार १८६ जना संक्रमणमुक्त भएका छन् । ४ लाख ९३ हजार १४५ जनाको उपचार भइरहेको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ।
प्रतिक्रिया दिनुहोस्