ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सा जिल्लामा नियम मिचेर अहिले पनि पर्साका खोलाबाट गिट्टी–बालुवा उत्खनन् जारी


एबीसी न्यूज
८ असार २०७७, सोमबार   ७ : ४७   बजे

पर्सा  ८ असार । विश्व कोरोना भाइरसको महामारीका कारण घरभित्र बसिरहेको अवस्था पर्सामा भने बन जङ्गलको खोलाहरुबाट नियम विपरीत गिट्टी९बालुवा उत्खनन् कार्य जारी रहेको छ । पर्साका जमुनिया खोला, भेडाहा, कर्जनिया र सिंघाही नदी र पटेर्वासुगौली, पर्सागढी, सखुवा प्रसौनि लगाएतका स्थानियतहरुको सहयोगमा खोलाजन्य पदार्थको उत्खनन् जारी छ । जेठ मसान्तमा नै गिट्टी, बालुवा, ढुंगा निकाल्ने अन्तिम म्याद रहे तापनि ठेकेदार कम्पनी तथा स्थानीय राजनीतिक दल, तथा वनकर्मीको मिलेमतोमा बालुवा निकाल्ने काम जारी रहेको हो।

स्थानीय प्रशासनलाई थाहा भए पनि नक्कली कागजातको आधारमा बालुवा निकाल्ने काम भइरहेको देखिन्छ। प्रदेश सरकारले लकडाउनका कारण केही समय बढाएर असार २१ गतेसम्म गिट्टी, बालुवा निकाल्ने अनुमति दिएको पत्र देखाउँदै गिट्टी, बालुवा निकाल्ने काम भइरहेको देखिन्छ।

केहिवदिन पहिला अवैधरुपले उत्खनन गरि ट्रक , टिपर , ट्याक्टरमा गिट्टी , बालुवा लोडगरि ल्याउने थालेपछि पर्साका ग्रामीण भेगका स्थानीयले विरोध गरेपछि यस विषयमा अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अन्सारीले आफूले खोला उत्खनन् को आफैले अनुगमन गर्नु भएको थियो । अंसारीले अनुगमन गरेपनि अहिले गाऊपालिका र बनबिभागको मिलोमतोमा व्यापक रुपमा खोलाबाट अवैध रुपले गिट्टी र बालुवाको ढुवानि भईरहेकोले अहिले असारे बजेटको कार्यमा बिकासको नाऊमा बालुवा पानी हाल्ने स्रोह स्थानीयले बताएका छन्।

जिल्ला समन्वय समितिको संयोजक अंसारीको अनुसार प्रदेश सरकारले पठाएको पत्र जिल्ला समन्वय समितिमा नपुगी सिधै ठेकेदारको हातमा पुगेको छ। ठेकेदारहरु सो पत्रको आधारमा बुधवार महानगरपालिका कार्यालयमा पुगेको र सो कार्यालयले भेडाहा खोलाबाट उत्खनन् गर्ने आदेशसमेत दिएको जानकारी प्राप्त भएको छ।

महानगरपालिका राजस्व फाँटका इन्चार्ज रामदयाल यादवले पत्र लिएर आफू कहाँ आएको बताए। सो विषयमा ठेकेदारले प्रमुख कार्यकारी अधिकृतसँग भेटेर उत्खननको लागि पत्र लिएर गएको आफूलाई जानकारी भएको बताए।

पर्सा जिल्ला बाट नियम मिचेर जङ्गल वाट विभिन्न खोलावाट अवैध उत्खनन गरि टिपर, ट्याक्टरमा लोड गरि ल्याईको गर्दे ग्रामीण भेगका बाटो हिड्नु समेत गार्‍हो रहेको स्थानियले बताउछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu