ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेल्फ क्वारेन्टिनमा बसी सेवा गरे युवा समूहले


एबीसी न्यूज
८ असार २०७७, सोमबार   ९ : ५२   बजे

कैलाली, ८असार । धनगढीका युवाहरूको एक समूहले कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमानाका हुँदै भित्रिएका नेपालीलाई एक महिनासम्म निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरेको छ ।

रोयल कोलाबोरेटिभ्स प्रालिका पाँच जनाको युवा समूहले गत जेठ ९ देखि यही असार ६ गतेसम्म लगातार भारतबाट आएका नेपाली नागरिकलाई सीमानाका नजिकै डोकेबजार क्षेत्रमा निःशुल्क खाना तथा पानीको स्टल निर्माण गरी सहयोग गरेको कोलाबोरेटिभ्स प्रालिका अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीले कोरोनाका कारण रोजगार गुमाई भारतबाट आएका नेपालीलाई ६५ हजार ६०३ प्लेट खाना खुवाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “घर नगएको महिना दिन बढी भइसक्यो, परिवारका सदस्यलाई जोखिममा पर्न नदिन धनगढी–४ उत्तरबेहडीस्थित एक छुट्टै कोठा भाडामा लिई सेल्फ क्वारेन्टिनमा बसेर सहयोग गरेका हौँ ।”

विभिन्न गैरसरकारी सङ्घसंस्था, स्थानीय व्यापारी, दिदीबहिनी महिला समूह युके, विदेशमा बसोबास गर्दै आएका नेपालीलगायतको प्राप्त सहयोगबाट खाना तथा पानीको व्यवस्थापन गरिएको बताइएको छ । जनस्तरबाट स्वःस्फुर्तरुपमा इच्छुक व्यक्तिबाट नगद नलिई आवश्यकीय खाद्य सामग्री सङ्कलन गरी नेपालीलाई खाना र पानी खुवाउने कार्यक्रम गरिएको हो ।

कोरोना सन्त्रासका कारण भारतबाट आएका नेपाली यात्रुलाई हेलाको दृष्टिकोणले हेरिने तथा उनीहरुलाई लामो दूरीको गन्तव्य स्थानसम्म पुग्न समस्या हुने भएकाले बसमा प्याकिङ खानाको समेत व्यवस्था गरिएको प्रालिका संस्थापक सदस्य देवेन्द्र जोशीको भनाइ छ । सदस्य जोशीले भन्नुभयो, “खानपिनका साथै बिचल्लीमा परेकालाई उनीहरुका घरपरिवार, आफन्त र स्थाीनय जनप्रतिनिधिसँग पनि सम्पर्कका निम्ति निःशुल्क आपत्कालीन फोन सेवा उपलब्ध गराएका थियौँ ।”

कोरोनाका कारण भारतको हल्दानीबाट भोकप्यास र थकानको यात्राबाट आइपुगेका धनगढी उपमहानगरपालिका–२ का हरि नेपालीले युवा समूहले नेपाली दाजुभाइलाई बिना स्वार्थ निःशुल्क खाना खुवाइरहेको देख्दा आफ्नो देश, गाउँघर र दाजुभाइ भएको अनुभूति गर्न पाएको भावना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group