ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुनीचाँदेमा छोरी जन्मिए रु १० हजार १


एबीसी न्यूज
८ असार २०७७, सोमबार   १० : ४२   बजे


जाजरकोट, ८ असार । जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उहाँको घर दैलोमा पुग्नुभयो । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताउनुभयो ।

यसपाला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा गर्नुभएको उहाँले बताउनुभयो । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यलाई जानकारी दिनुभएको समेत शाहीले बताउनुभयो ।

“सबैलाई सम्झाइबुझाइ गरेर कुखुरा किनेर खानु भनी रु एक हजार ५००, स्थानीय तोरीको तेलका लागि रु ५०० र बच्चाको कपडा किन्नका लागि रु ५०० दिनुभयो”, शाहीले भन्नुभयो । आफ्नोजस्तो निम्न अवस्था भएका परिवारका लागि यो सहयोग असाध्य राम्रो भएको भन्दै शाहीले थप्नुभयो, “मैले छोरीको जन्म दिएकै कारण थप रु १० हजारसमेत पाएकी छु ।”

उहाँजस्तै गाउँपालिकाभित्र सुरक्षितरुपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर कम भएपछि गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कार्यक्रम राखेर सुत्केरी खोज्दै कावा अध्यक्ष आचार्य घरघरमा पुगिरहनुभएको छ । उहाँ सुत्केरीको घरमा पुगेर विभिन्न शीर्षकमा रहको रु दुई हजार ५०० दिँदै अब अर्को पटक सुत्केरी भएमा स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुनसमेत आग्रह गरिरहनुभएको छ ।

भौगोलिकरूपमा विकट र सबै ठाउँमा यातायातको पहुँच नभएको जुनीचाँदेमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमले जनतासँग भेटघाट मात्र नभई जनचेतना फैलाउने कामसमेत भएको छ । यो शीर्षकमा मात्र रु १४ लाख ७० हजार रकम विनियोजन गरी सोहीअनुसारको काम भइरहेको छ ।

सुत्केरी हुने बित्तिकै आचार्यको मोबाइलमा फोन आउने गरेको छ । गाउँपालिकाभरि जम्मा ४०० सुत्केरी महिला भएको आँकलन गरी अहिले सबै वडामा भेटघाटका कार्यक्रम तीव्र बनाइएको छ । वडा नं १ मा ७०, २ मा ४७ र ३ मा ३६ सुत्केरीसँग बढी छलफल भएको कावा अध्यक्ष आचार्यले बताउनुभयो ।

गाउँपालिकाभरि चार ठाउँमा मात्र बर्थिङ सेन्टर रहेका छन् । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्य चौकीको सङ्ख्या चार, उपस्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य केन्द्र ११ वटा रहेका छन् । महिला स्वयंसेविकालाई प्रोत्सहानस्वरुप गाउँपालिकाले छुट्टै बजेटको व्यवस्था गरी गर्भवती तथा सुत्केरीको घरमा गएर भेटघाट तथा स्वास्थ्य परामर्श दिने व्यवस्थासमेत गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएका गर्भवती तथा सुत्केरीका लागि महिला स्वयंसेविकाले नै घरपरिवारको सहयोगमा स्वास्थ्य संस्था लिने गरेको गाउँपालिका–११ की महिला स्वयंसेविका गौरीकला बस्नेतले जानकारी दिनुभयो । प्रत्येक महिनामा एक पटक गाउँमा स्वयंसेविकाको उपस्थितिमा स्वास्थ्य सेचतनामूलक कार्यक्रम हुँदै आएको बस्नेतले जानकारी दिनुभयो ।

गाउँपालिकाले रु २० लाख विनियोजन गरी छोरी जन्मिएको घरलाई रु १० हजारका दरले उपलब्ध गराउँदै आएको छ । ‘छोरी बचाऊ, छोरी पढाऊ र छोरी बढाऊ’ भन्ने कार्यक्रम गरी छोरी जन्मिएको घरमा रु १० हजार रकम दिँदै आएको कावा अध्यक्ष आचार्यले बताउनुभयो । छोरीप्रति हेर्ने दृष्टिकोण बदल्नका लागि यो कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । यो कार्यक्रम लागू भएसँगै छोरी जन्मिने बित्तिकै हेला गर्ने प्रवृत्ति ह्वात्तै घटेकोसमेत उहाँले बताउनुभयो । राज्यले नै छोरीप्रति सम्मान गर्दा हामीले किन हेपाहा प्रवृत्ति देखाउने भन्दै स्थानीयवासी आफूहरुले गलत दृष्टिकोण राखेको गाउँपालिका–५ का पदम खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group