ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्‍वमा कोरोना संक्रमितको संख्या ९२ लाख नजिक, मृत्यु हुने ४ लाख ७४ हजार बढी


एबीसी न्यूज
९ असार २०७७, मंगलबार   ७ : १४   बजे


काठमाडौं, ९ जेठ । विश्वमा हालसम्म ९१ लाख ८६ हजार ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४ लाख ७४ हजार २ सय ५८ जनाले ज्यान गुमाएका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ४९ लाख २१ हजार ४ सय ७ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। हाल विश्वमा ३७ लाख ९० हजार ४ सय ३२ जना संक्रमित उपचारत छन्। उपचारत मध्ये ५७ हजार ८ सय ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३७ लाख ३२ हजार ५ सय ४८ जनाको अवस्था सामान्य रहेको छ।

नेपालमा हालसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमित मध्ये २३ जनाको मृत्यु भइसकेको छ भने २ हजार १ सय ४८ जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोनाको पहिलो संक्रमण गत ९ माघमा फेला परेको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएका थिए। यो भाइरस फैलिएर अहिले विश्वका २ सय १३ देश तथा क्षेत्रमा पुगेको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार कोरोना भाइरस संक्रमितको सबैभन्दा ठूलो संख्या अमेरिकामा छन्। अमेरिकामा हिजोसम्म २३ लाख ८८ हजार १ सय ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यहाँ हालसम्म १ लाख २२ हजार ६ सय १० जनाको कोभिड९१९ बाट मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित ११ लाख ११ हजार ३ सय ४८ जना पुगेका छन्, जसमध्ये ५१ हजार ४ सय ७ जनाको मृत्यु भएको छ।

रुसमा ५ लाख ९२ हजार २ सय ८० जना कोरोना संक्रमित रहेकोमा ८ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन्।

भारतमा कूल संक्रमित ४ लाख ४० हजार ४ सय ५० पुगेको छ। यीमध्ये १४ हजार १५ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोना ३ लाख ५ हजार २ सय ८९ जना संक्रमित पुगेका छन्। जसमध्ये ४२ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group