ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकेडेमीलाई सहारा हङ्कङद्वारा रु १५ लाख सहयोग


admin
१७ मंसिर २०७४, आइतबार   १ : ५६   बजे

पोखरा, १७ मंसिर। खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीका लागि सहारा हङ्कङद्वारा रु १५ लाख आर्थिक सहयोग गरिएको छ ।

‘आत्मसाक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराले सञ्चालन गरेको अक्षयकोषमा रु १० लाख र एकेडेमीमा आश्रित बालकको भरणपोषणका लागि रु पाँच लाख सहयोग गरिएको हो ।

क्लबद्वारा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सहारा हङ्कङका महासचिव विलबहादुर तामाङले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा सहारा पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार सुरज श्रेष्ठले प्राप्त गरेको रु १५ हजार ५५५ राशिमा आफ्नोतर्पmबाट रु चार हजार ४४५ थप गरी रु २० हजार सहारा एकेडेमीको सहयोगार्थ हस्तान्तरण गर्नुभयो ।

क्लबले सहारा एकेडेमीको निरन्तरताका लागि रु पाँच करोड पु¥याउने उद्देश्यका साथ सञ्चालन गरेको अक्षयकोषमा हालसम्म रु एक करोड ३५ लाख संकलन भइसकेको क्लबका महासचिव केशवराज बरालले जानकारी दिनुभयो ।

सो एकेडेमीमा हाल मुलुकका १६ जिल्लाका २८ जना कठिन परिस्थितिका बालक रहेको बताउँदे उहाँ भन्नुहुन्छ, “आवासीयरुपमा क्लबद्वारा सञ्चालित एकेडेमीमा बालकको शिक्षा, स्वास्थ्यसँगै फुटबलको समेत प्रशिक्षणमा मासिक रु तीन लाख खर्च आउने गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu