ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवनरक्षक औषधिदेखि पुरातात्विक सम्पदासम्म कर छुट, सरकारले २६ वटा सूचनाबाट दियो विशेष सुविधा


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : १५   बजे

काठमाडौं । सरकारले जीवनरक्षक औषधि, स्वास्थ्य उपकरण, पोषण सामग्री, निर्वाचन सुरक्षासम्बन्धी उपकरण, नेपाली शान्ति सैनिकका बन्दोबस्तीका सामान तथा विदेशबाट स्वदेश फिर्ता ल्याइएका महत्वपूर्ण पुरातात्विक सम्पदाको आयातमा पूर्ण कर तथा महसुल छुट दिएको छ।

अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गर्दै विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्था, मित्रराष्ट्र तथा कूटनीतिक नियोगमार्फत अनुदान र सहयोगका रूपमा प्राप्त सामग्रीको आयातमा लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), शुल्क तथा दस्तुर पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको हो।

नेपाल राजपत्रमा प्रकाशित २६ वटा छुट्टाछुट्टै सूचनामार्फत सरकारले स्वास्थ्य, पोषण, मातृ–शिशु सुरक्षा, निर्वाचन व्यवस्थापन, राष्ट्रिय सुरक्षा, शान्ति मिसन तथा सांस्कृतिक सम्पदा पुनःस्थापनासँग सम्बन्धित सामग्रीलाई कर छुटको सुविधा दिएको छ।

मातृ–शिशु स्वास्थ्यदेखि कुपोषण उपचारसम्मका सामग्रीमा छुट

सरकारले युनिसेफ नेपाल, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) तथा अन्य अन्तर्राष्ट्रिय सहयोगी संस्थामार्फत प्राप्त स्वास्थ्य सामग्रीमा सम्पूर्ण कर छुट दिएको छ।

यसअन्तर्गत सुरक्षित प्रसूतिका लागि आवश्यक करिब २५ हजार ४ सय ५६ अमेरिकी डलर बराबरका उपकरण तथा बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक १८ हजार ८ सय ३ अमेरिकी डलर बराबरका सामग्री करमुक्त रूपमा आयात गर्न सकिने भएको छ।

नवजात शिशुको उपचारका लागि आवश्यक एसएनसियु तथा एनआइसियु सेवामा प्रयोग हुने २७० थान सक्सन क्यानिस्टर होल्डर समेत कर छुटको सूचीमा परेका छन्। ती सामग्रीको मूल्य करिब ८ हजार ४ सय २४ अमेरिकी डलर बराबर रहेको जनाइएको छ।

बालबालिकाको पोषण र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सरकारले भिटामिन ए क्याप्सुल, गम्भीर कुपोषणको उपचारमा प्रयोग हुने एफ–७५ र एफ–१०० थेराप्युटिक मिल्क लगायतका सामग्रीमा पनि पूर्ण कर छुट दिएको छ।

त्यस्तै, बालबालिकालाई खुवाइने जुकाको औषधिका रूपमा प्राप्त अल्बेन्डाजोल मा पनि कर छुट गरिएको छ। विश्व स्वास्थ्य संगठनमार्फत प्राप्त करिब १ लाख ११ हजार ९ सय अमेरिकी डलर बराबरको अल्बेन्डाजोल आयातमा सरकारले राजस्व नलिने भएको छ।

शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत प्राप्त हुने ९ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको रेडी–टु–यूज थेराप्युटिक फुड मा समेत भन्सार र अन्य कर छुट दिइएको छ।

परिवार नियोजनका सामग्रीमा पनि करोडौंको कर छुट

सरकारले परिवार नियोजन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित सामग्रीमा पनि ठूलो परिमाणमा कर छुट दिएको छ।

डिम्पल मेड्रोक्सी प्रोजेस्टेरोन, कन्ट्रासेप्टिभ जाडेल इम्प्लान्ट, कन्डम, सायानाप्रेस तथा जिन्निया एफ ओरल पिल्सलगायत करिब १७ लाख अमेरिकी डलर बराबरका परिवार नियोजनका साधन तथा सामग्री मा भन्सार महसुल र दस्तुर मिनाहा गरिएको छ।

यस्तै, कालाजार, डेंगु, मलेरिया, रुबेला, दादुरा, जापानी इन्सेफलाइटिस र रेबिज नियन्त्रणका लागि आवश्यक परीक्षण सामग्री, किट तथा खोप आयातमा पनि कर छुटको व्यवस्था गरिएको छ।

सरकारले यस निर्णयलाई जनस्वास्थ्य सेवा विस्तार र अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको सहज उपलब्धतासँग जोडेको छ।

निर्वाचन र सुरक्षाका सामग्री पनि करमुक्त

सरकारले निर्वाचन व्यवस्थापन र सुरक्षा सुदृढीकरणका लागि मित्रराष्ट्रबाट अनुदानस्वरूप प्राप्त सामग्रीमा समेत पूर्ण कर छुट दिएको छ।

प्रतिनिधिसभा निर्वाचनलाई सहजीकरण गर्ने उद्देश्यले भारत सरकारबाट सहायता स्वरूप प्राप्त सवारी साधन तथा विभिन्न सुरक्षा उपकरण मा लाग्ने भन्सार, कर र दस्तुर मिनाहा गरिएको छ।

त्यसैगरी निर्वाचन सुरक्षाका लागि भारत सरकारबाट अनुदानस्वरूप प्राप्त २१ करोड ५१ लाख भारतीय रुपैयाँभन्दा बढी मूल्यका सुरक्षा सामग्री को पैठारीमा लाग्ने सम्पूर्ण शुल्क, दस्तुर र भन्सार महसुल पनि सरकारले छुट दिएको छ।

यसबाट निर्वाचन व्यवस्थापन र सुरक्षा तयारीका लागि आवश्यक सामग्री सरकारी निकायले अतिरिक्त करभारबिना प्राप्त गर्न सक्नेछन्।

अफ्रिकाबाट फर्काइएका नेपाली शान्ति सैनिकका सामानमा छुट

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सैनिकको संख्या घटेपछि विभिन्न मुलुकबाट स्वदेश फिर्ता ल्याइएका बन्दोबस्तीका सामानमा पनि सरकारले कर छुट दिएको छ।

सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट फिर्ता ल्याइएका ३८ वटा सवारी साधन, ३७ वटा कन्टेनर, पाँच वटा ट्रेलर र छ वटा जेनेरेटर लगायतका सामग्रीको आयातमा लाग्ने सम्पूर्ण कर तथा शुल्क मिनाहा गरिएको छ।

शान्ति मिसनका लागि विदेश लगिएका र पछि स्वदेश फिर्ता ल्याइएका सरकारी सामग्रीमा कर लगाउँदा राज्यलाई नै अतिरिक्त आर्थिक भार पर्ने भएकाले सरकारले यस्तो छुटको व्यवस्था गरेको हो।

अमेरिकाबाट फर्काइएका ऐतिहासिक सम्पदामा पनि महसुल छुट

सरकारले गैरकानुनी रूपमा विदेश पुगेका महत्वपूर्ण नेपाली पुरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याउँदा लाग्ने सम्पूर्ण भन्सार दस्तुर पनि मिनाहा गरेको छ।

अमेरिकाबाट फिर्ता ल्याइएका पद्मपाणि लोकेश्वर र नृत्यदेवीका मूर्ति मा कुनै पनि प्रकारको भन्सार महसुल तथा कर नलिने निर्णय गरिएको छ।

वर्षौंदेखि विदेश पुगेका नेपाली पुरातात्विक तथा धार्मिक सम्पदा खोजी गरेर स्वदेश फिर्ता ल्याउने अभियान चलिरहेका बेला सरकारले यस्तो सामग्रीमा कर छुट दिएर सम्पदा पुनःस्थापनालाई थप सहज बनाउने प्रयास गरेको देखिन्छ।

२६ वटा सूचनाबाट कार्यान्वयनमा आयो निर्णय

अर्थ मन्त्रालयका अनुसार नेपाल राजपत्रमा प्रकाशित २६ वटा अलग–अलग सूचना मार्फत यी कर छुटसम्बन्धी निर्णय कार्यान्वयनमा आएका हुन्।

सरकारले आर्थिक ऐनले दिएको विशेष अधिकार प्रयोग गर्दै सार्वजनिक स्वास्थ्य, पोषण, मातृ–शिशु कल्याण, रोग नियन्त्रण, निर्वाचन सुरक्षा, शान्ति मिसन तथा राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिएर कर छुटको निर्णय गरेको हो।

यससँगै विदेशबाट अनुदान र सहयोगका रूपमा नेपाल भित्रिने अत्यावश्यक औषधि, स्वास्थ्य उपकरण र सार्वजनिक प्रयोजनका सामग्रीमा करको अतिरिक्त भार नपर्ने भएको छ। साथै, विदेशबाट फिर्ता ल्याइने नेपालको ऐतिहासिक सम्पदालाई पनि भन्सारको झन्झटबाट मुक्त गरिएको छ।

सरकारको यो निर्णयले एकातिर स्वास्थ्य तथा सामाजिक क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग परिचालनलाई सहज बनाउने अपेक्षा गरिएको छ भने अर्कोतिर निर्वाचन सुरक्षा, शान्ति मिसन र हराएका पुरातात्विक सम्पदा स्वदेश फिर्ता गर्ने अभियानलाई पनि कानुनी तथा आर्थिक सहजीकरण गर्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सुगौली सन्धिपछि राष्ट्रिय स्वाधीनतामाथि यति ठूलो संकट आएको थिएन’–प्रचण्ड

एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

बार्सिलोनाको शानदार सुरुवात, एल्चेमाथि ५–० को फराकिलो जित

बनेपाको भिरालो फाँटमा लहलहाउँदो धानबाली

‘सुगौली सन्धिपछि राष्ट्रिय स्वाधीनतामाथि यति ठूलो संकट आएको थिएन’–प्रचण्ड

लिभरपुल हारबाट जोगियो, न्युक्यासलसँग २–२ को बराबरी

एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu