ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ – राष्ट्रियसभा सदस्य विडारी


एबीसी न्यूज
९ असार २०७७, मंगलबार   १ : ३५   बजे

काठमाडौं,९ असार । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको बताउनुभएको छ ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभएपनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताउनुभयो । ‘‘विदेशीसँग विवाह गर्न पाइन्छ । के को भारतसँग मात्रै होइन् क्यानडा गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ । यति कुरा ढुक्क सँग जान्नु है ।’’, कांग्रेस सांसद जितेन्द्र नारायण देवलाई संकेत गर्दै उहाँले भन्नुभयो, ‘‘दक्षिण एसियामा कुनै पनि देश छैन निःशर्त ड्याम्म ब्या ग¥यो, ठ्याप्प नागरिक भयो, ठयाक्क सांसद भयो, ट्याक्क मन्त्री भयो यस्तो छैन दक्षिण एसियामै छैन् । उहाँ चाँही पृथ्वीभन्दा बाहिरको मान्छे हो त ?’’

बैठकमा कांग्रेस सांसद देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै जनतालाई भ्रममा पार्ने गरी झुठा र वेइमानी कुरा नगर्न आग्रह समेत गर्नुभएको छ । सांसद देवतर्फ संकेत गर्दै चीनको झोलामा नेपाललाई पार्ने कुरा बोल्ने तपाई कुन देशको झोले हो भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘भारतको सम्बन्ध बिगार्ने चीनको झोलामा पर्ने आदी कुरा सदनमा बोल्ने कुरा हो ? यदि कसैले बोल्यो भने तपाई कुन देशको झोले हो भन्यो के गर्ने ? तपाईले कतापट्टि बोल्नु भयो भने के भन्ने ?’’

भारतीय नागरिकलाई मात्रै लागु हुनेगरी सरकारले ऐन नबनाएको उहाँले प्रष्ट पार्नुभयो । विवाह गर्न कसैलाई रोकतोक नभएको उल्लेख गर्दै उहाँले यो प्रावधान भारतीय नागरिकलाई मात्रै लागु हुने कुरा नभएको बताउनुभयो उहाँले भन्नुभयो, ‘‘भारतीय नागरिकलाई मात्रै लागु हुने गरी सदनले ऐन बनाएको हो ? यहि हो उहाँको कुरा ? संसारभरबाट नेपालका ठिटाहरुले विदेशका ठिटीहरु विवाह गर्छन्, त्यो छुट छ । कसैलाई रोकतोक छैन् । त्यसकारणले यो भारतीलाई नागरिकलाई लागु हुने कुरा होइन् । विगतका वितरण गरिएका नागरिकताका विषयमा पनि यो ऐन बनाएको होइन् । विश्वका सार्वभौम राष्ट्रले नागरिकता सम्बन्धी आफ्नै प्रकारको नीति ल्याउँछ । हाम्रो देश सार्वभौम सत्ता होइन भन्ने लाग्यो की कसैलाई ?’’

विगतमा भएको व्यवस्थालाई परिवर्तन गरिएको भन्दै विपक्षी दलहरुले गरेको विरोधको पनि उहाँले खण्डन गर्नुभएको छ । विगतका सबै कुराहरुलाई निरन्तरता दिने भए पञ्चायत शासन, राणा शासन किन बदल्या ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

सरकारले वास्तकविक मधेशी जनताको उत्थानका लागि नागरिकता विधेयक ल्याइएको बताउनुभयो । ‘‘मधेशका नारीलाई होच्याएर विदेशबाट विवाह गर्दै फटाफाट नेता बनाएर मन्त्री बनाएर हिड्ने ? अब वंशज मधेशी नारीहरु उनीहरुको संरक्षण गर्ने ? अब वंशज मधेशीहरुको संरक्षण गर्ने चिन्ता त्यहाँको नेतालाई छैन् । ती त मन्त्री हुन आएका मन्छे हुन्छन् मधेशको हित गर्दैनन् । यताउती चाकडी गर्छन् । मन्त्री रिटायर हुन्छ । खुरुक्क घर जान्छन् त्यसैले मधेशमा विकास हुन सकेन् । ’’

विदेशी बुहारीसँग कि डराएको भन्दै नारा लगाउनले हाम्रा छोरीहरुलाई भारतले किन हेपेको, किन दासी बनाएको भन्दै किन नारा लगाउँदैनन भन्दै प्रश्न गर्नुभयो । छोरी ज्वाईलाई दिने हो की सांसद र मन्त्री बनाउन दिने हो ? उहाँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group