काठमाडौं, १७ मंसिर ।गत असोजमा हत्या गरिएका निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याको मुख्य योजनाकार मानिएका समीरमान बस्नेतलाई प्रहरीले प्रक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको बताइएको छ।
हत्यामा संलग्न सुटरसहित पाँच जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।
टोलीले केहीबेरमै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएको छ।
गौचनको असोज २३ गते नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्