काठमाडौं,९ असार । महाकाली अस्पतालबाट मंगलबार ८ जना निको भएर घर फर्किएका छन् ।१४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा दोस्रो पटकको पीसीआर परीक्षणमा कोरोना नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका डा सरोज आचार्यले जानकारी दिनुभयो । डिस्चार्ज हुनेहरुमा माहाकाली नगरपालिकाका ५ जना, शुक्लाफांटा, बेलौरी र पुनर्वास नगरपालिकाका एकरएक जना छन् । अस्पतालबाट हालसम्म ११ महिने बालकसहित ५० जना डिस्चार्ज भइसकेका छन् ।हाल अस्पतालको आसोलेसनमा १४ जना छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको र कुनै लक्षण नदेखिएको डा. आचार्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्