काठमाडौं, १० असार। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको कारण भारतमा एकैदिन ४ सय ६८ जनाको ज्यान गएको छ । वर्ल्डमिटरको बुधबार विहान ६ बजेसम्मको तथ्याङ अनुसार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ४ सय ८३ पुगेको छ । भारतमा एकै दिन १५ हजार ६ सय १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ लाख ५६ हजार ६२ पुगेको छ । संक्रमित भएकामध्ये २ लाख ५८ हजार ५ सय २३ जना उपचारपछि घर फर्केका छन् । साथै १ लाख ८३ हजार ५६ जनाले उपचार गरिइरहेका छन् भने ८ हजार ९ सया ४४ जनाको अवस्था गम्भिर छ ।
प्रतिक्रिया दिनुहोस्