ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर ९३ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण: ४ लाख ७९ हजार ७ सय ७७ जनाको मृत्यु


एबीसी न्यूज
१० असार २०७७, बुधबार   ८ : १६   बजे

काठमाडौँ, १० असार ।  कोरोना भाइरसका कारण विश्भवर ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार बिहानसम्म विश्वभर ९३ लाख ६० हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४ लाख ७९ हजार ७ सय ७७ पुगेको छ । विश्वका २१५ वटा राष्ट्रमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये ५० लाख ४१ हजार १ सय ३७ जना कोरोना संक्रमित निको भइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका ३८ लाख ३१ हजार ७ सय ३१ जना कोरोना भाइरससँगको लडाइँ लडिरहेका छन् ।

कोरोना भाइरसका कारण संयुक्त राज्य अमेरिकामा मात्र २४ लाख २४ हजार १ सय ६८ जनामा कोरोनाको पुष्टि भएको छ भने १ लाख २३ हजार ४ सय २३ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसका कारण युरोपेली मुलुकमा २३ लाख ४२ हजार २ सय ७१ जना कोरोना संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा १३ हजार ७ सय २४ जना थपिएका छन् ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २८ लाख १९ हजार ९ सय ३१ पुगेको छ ।

एसियाली मुलुकहरुमा सबैभन्दा बढी भारत र त्यसपछि इरानमा कोरोनाको संक्रमण बढी देखिएको छ । एसियाली मुलुकहरुमा १९ लाख ८२ हजार ६ सय २ जना कोरोना संक्रमित देखिएका छन् । यी मुलुकमा ५० हजारले ज्यान गुमाइसकेका छन् ।

अफ्रिकी मुलुकमा कोरोना संक्रमितको सङ्ख्या ३ लाख २७ हजार ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये पछिल्लो २४ घण्टामा ९ हजार १ सय ४३ जना संक्रमित थपिएका छन् ।

विश्वमा कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी ९२४ लाख २४ हजार १ सय ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारत बढी कोरोना संक्रमित राष्ट्रमध्ये चौथो नम्बरमा छ । संयुक्त राज्य अमेरिका, ब्राजिल र रसियापछि भारतमा कोरोना संक्रमितको संख्या बढी देखिएको छ ।

पछिल्लो अपडेट अनुसार ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ११ लाख ५१ हजार ४ सय ७९ पुगेको छ भने रसियामा ५ लाख ९९ हजार ७ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमितको सङ्ख्या ४ लाख ४० हजार २ सय १५ पुगेको छ । १४ हजार जनाले ज्यान गुमाएका छन् ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या १० हजार ९९ पुगेको छ भने २४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । यीमध्ये २ हजार २ सय २४ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group